मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्व सामाजिक सञ्जालमा लेखेको आरोपमा पक्राउ परेका अरुण झा छुटे
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,असोज ११ गते। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्व सामाजिक सञ्जालमा लेखेको आरोपमा पक्राउ परेका अरुण झा छुटेका छन् ।सर्लाहीको मलंगवामा मूर्ति सेलाउने क्रममा भएको झडपको सन्दर्भलाई लिएर झाले फेसबुकमा मुख्यमन्त्री यादवलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए । झालाई बुधवार राति धनुषा प्रहरीले पक्राउ गरेको थियो ।अबदेखि सामाजिक सञ्जालमा जथाभावी नलेख्ने लिखित प्रतिबद्धता जनाएपछि उनलाई छाडिएको धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिए ।एसपी खड्काले भने, ‘जथाभावी नलेख्ने प्रतिबद्धता गरेपछि मुख्यमन्त्री ज्यूले पनि छाड्न भनेपछि छाडेका छौं ।’मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले झालाई पक्राउ गरी कारबाही गर्न उजुरी गरेको थियो ।साभार : नेपाल प्रेस
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
23 घन्टा पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
23 घन्टा पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
2 दिन पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
2 दिन पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
3 दिन पहिले