Janakpurdham
Tue, Mar 24, 2026
`

असोज २४ गतेदेखि एमाले मधेस प्रदेश अधिवेशन, लोगो र नारा सार्वजनिक

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, असोज १२ गते ।  नेकपा एमाले मधेस प्रदेशको प्रदेश कमिटीको अधिवेशन अगामी असोज २४ र २५ गते जनकपुरधाममा हुने भएको छ । जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी ओलीले गर्नेछन् ।अधिवेशनका लागि एमालेले नारा र लोगो समेत सार्वजनिक गरेको छ । बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पार्टीका मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्युरो सदस्यद्वय लिलानाथ श्रेष्ठ र जुली महतोसहितले संयुक्त रुपमा अधिवेशनको नारा र लोगो सार्वजनिक गरेका हुन् । अधिवेशनका लागि प्रदेशका ८ वटै जिल्लामा पार्टी सदस्यता नविकरण, नयाँ सदस्यता वितरण, २३ वटै जनसंगठनको प्रदेशस्तरीय अधिवेशन सम्पन्न भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।प्रदेश अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ तय गरिएको छ । २०८४ सालको निर्वाचनसम्म यहीँ नारालाई मधेश प्रदेशभर विस्तार गर्ने र यहीँ नाराको वरिपरि सिंगो मधेशलाई एकताबद्ध रुपमा गोलबन्द गर्ने पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले बताए । सार्वजनिक गरिएको लोगोले मधेश प्रदेशको सांस्कृतिक एवं धार्मिक विविधिताको सम्मान, उद्योग, कृषि, पर्यटन जस्ता क्षेत्रमा तिब्र विकासको आवश्यक्तालाई उजार गर्न खोजिएको उनले बताए ।  अधिवेशनका लागि विभिन्न समिति र उपसमिति समेत बनाइएको छ ।

madhes-uml1madhes-uml2madhes-uml3
 साभार : रातोपाटी

`
12 comments
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

23 घन्टा पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

23 घन्टा पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

2 दिन पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

2 दिन पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

3 दिन पहिले