Janakpurdham
Tue, Mar 24, 2026
`

प्रधानमन्त्री बन्ने पालो पर्खेर बसेको छैन: माधव नेपाल

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,असोज १७ गते । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री बन्ने पालो पर्खेर नबसेको स्पष्ट पारेका छन् ।मेची-महाकाली राष्ट्रिय समाजवादी जागरण अभियानको क्रममा जनकपुरधाम पुगेका उनले आज पत्रकार सम्मेलनमा भने, ‘प्रधानमन्त्री बन्ने मौका कहिले आउँछ भनेर ढुकेर बसेको छैन।’उनले वर्तमान सरकारलाई नै सहयोग गर्ने र अगाडी बढाउनुपर्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीले राम्रा काम गर्न खोज्नु भएको छ । तर गर्न सकिरहेका छैन् । उहाँलाई राम्रा कामका लागि सघाउर्नुपर्छ ।’अध्यक्ष नेपालले अभियानका क्रममा मधेशमा अपार समर्थन देखेर हृदय गद्गद् भएको बताए । उनले मधेशमा व्यापक उत्साह देखेर आफू पनि उत्साहित बनेको बताए ।‘गरिब र बेसहराका लागि अझै समाजवाद नआएको महसुस भयाे, त्यसकाे लागि  म अगाडि बढेको छु’ उनले भने । बेरोजगारी समस्या समाधान गर्न सबभन्दा बढी जरुरी भएको उनको भनाई थियो ।तीन दिन अगाडि काकडभिट्टाबाट नेकपा एसले अभियान सुरु गरेको थियो । अभियानमा सहभागी नेताहरु हिजो जनकपुरधाम पुगेर विश्राम गरे छन् ।  

`
12 comments
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

22 घन्टा पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

22 घन्टा पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

2 दिन पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

2 दिन पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

3 दिन पहिले