Janakpurdham
Tue, Oct 06, 2026
`

प्रेस युनियनको प्रशिक्षण प्रमुखमा उपाध्यक्ष अर्याल, प्रशिक्षण वर्ष सफल पारिने

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं , मंसिर २ गते ।  लोकतन्त्रवादी पत्रकारहरुको छाता संस्था नेपाल प्रेस युनियनको प्रशिक्षण विभागको प्रमुखमा केन्द्रीय उपाध्यक्ष नकुल अर्याल मनोनीत भएका छन् ।युनियनका अध्यक्ष शिव लम्सालले युनियनको विधानको परिच्छेद ४ को दफा २८ बमोजिम १५ वटा विभाग गठन गरेका हुन् । अध्यक्ष लम्सालले वरिष्ठ उपाध्यक्ष प्रेम केसीलाई अनुशासन र उपाध्यक्ष अर्याललाई प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिएका छन् ।युनियनले प्रशिक्षण वर्षको घोषणा गरेको सन्दर्भमा आफूलाई प्राप्त विभागीय जिम्मेवारी सक्रियताका साथ पूरा गर्ने प्रशिक्षण विभागका प्रमुख अर्यालले बताए । उनले छिट्टै विभागलाई पूर्णता दिएर देशव्यापी प्रशिक्षण सुरु गरिने बताए । यसअघि अर्यालकै प्रस्तावमा युनियनले ‘प्रशिक्षण वर्ष २०८०’ घोषणा गरेको थियो ।युनियनका उपाध्यक्षहरु भीष्मराज ओझाले समन्वय, दिपेन्द्र बान्तवाले प्रकाशन तथा प्रचार, सलोजा दाहालले महिला, जीवन भण्डारीले विधागत पत्रकारिता प्रवद्र्धन, माधव अर्यालले आचार संहिता कार्यान्वयन विभाग संयोजकको जिम्मेवारी पाएका छन् ।त्यसैगरी, उपाध्यक्ष ऋषिकान्त पौडेललाई प्रेस स्वतन्त्रता अनुगमन, डा.मुरारी अधिकारीलाई कानुन, राजेन्द्र कार्कीलाई ट्रेड युनियन प्रवर्द्धन, अनिल कुमार कर्णलाई पत्रकारिता अनुसन्धान, डिल्लीराम खतिवडालाई श्रमजीवी पत्रकार हकहित संरक्षण, प्रेम चुनारालाई दुर्गम तथा पिछडिएको क्षेत्रमा पत्रकारिता प्रवर्द्धन विभाग संयोजकको जिम्मेवारी तोकिएको छ । त्यसैगरी, युनियनका महासचिव दिलीप पौडेल संगठन विभाग र कोषाध्यक्ष माधव धिताल आर्थिक विभाग संयोजकको जिम्मेवारी पाएका छन् ।विभागका संयोजकहरूले युनियनको विधानको परिधिमा रहेर पत्रकार र पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्रको प्रवद्र्धन, युनियनको संस्थागत विकास, संगठनको मूल्य–मान्यता र आदर्शलाई आत्मसात् गर्दै काम गर्ने विश्वास लिएको युनियनका अध्यक्ष लम्सालले बताए ।साभार : नेपाल प्रेस

`
12 comments
नेकपाबाट अलग भए झलनाथ खनाल

काठमाडौं, असोज १९ : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टीबाट अलग हुँदै &lsqu..

11 घन्टा पहिले

कांग्रेस महाधिवेशनमा ‘के गर्ने, के नगर्ने’ प्रस्ताव : निà¤..

काठमाडौं, असाेज १९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पार्टीले सार्वजनिक नियुक्ति, सार्वजनिक स्रोतको उपयोग, नी..

11 घन्टा पहिले

सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्ध..

काठमाडौं, असाेज १८ : श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच सत्ता कति वर्ष चलाउने भन्ने प्à¤..

1 दिन पहिले

कांग्रेसको आर्थिक नीति : निजी क्षेत्रलाई अर्थतन्त्रको इà..

काठमाडौं, असाेज १८ : नेपाली कांग्रेसले निजी क्षेत्रलाई अर्थतन्त्रको ‘मुख्य इन्जिन’का रूपमा अघि बढाउँदै विप्र..

1 दिन पहिले

शिक्षाले समाज, संस्कृति र राष्ट्रप्रति उत्तरदायी नागरिà¤..

काठमाडौं, असाेज १७ : राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति à¤..

2 दिन पहिले