प्रेस युनियनको प्रशिक्षण प्रमुखमा उपाध्यक्ष अर्याल, प्रशिक्षण वर्ष सफल पारिने
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं , मंसिर २ गते । लोकतन्त्रवादी पत्रकारहरुको छाता संस्था नेपाल प्रेस युनियनको प्रशिक्षण विभागको प्रमुखमा केन्द्रीय उपाध्यक्ष नकुल अर्याल मनोनीत भएका छन् ।युनियनका अध्यक्ष शिव लम्सालले युनियनको विधानको परिच्छेद ४ को दफा २८ बमोजिम १५ वटा विभाग गठन गरेका हुन् । अध्यक्ष लम्सालले वरिष्ठ उपाध्यक्ष प्रेम केसीलाई अनुशासन र उपाध्यक्ष अर्याललाई प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिएका छन् ।युनियनले प्रशिक्षण वर्षको घोषणा गरेको सन्दर्भमा आफूलाई प्राप्त विभागीय जिम्मेवारी सक्रियताका साथ पूरा गर्ने प्रशिक्षण विभागका प्रमुख अर्यालले बताए । उनले छिट्टै विभागलाई पूर्णता दिएर देशव्यापी प्रशिक्षण सुरु गरिने बताए । यसअघि अर्यालकै प्रस्तावमा युनियनले ‘प्रशिक्षण वर्ष २०८०’ घोषणा गरेको थियो ।युनियनका उपाध्यक्षहरु भीष्मराज ओझाले समन्वय, दिपेन्द्र बान्तवाले प्रकाशन तथा प्रचार, सलोजा दाहालले महिला, जीवन भण्डारीले विधागत पत्रकारिता प्रवद्र्धन, माधव अर्यालले आचार संहिता कार्यान्वयन विभाग संयोजकको जिम्मेवारी पाएका छन् ।त्यसैगरी, उपाध्यक्ष ऋषिकान्त पौडेललाई प्रेस स्वतन्त्रता अनुगमन, डा.मुरारी अधिकारीलाई कानुन, राजेन्द्र कार्कीलाई ट्रेड युनियन प्रवर्द्धन, अनिल कुमार कर्णलाई पत्रकारिता अनुसन्धान, डिल्लीराम खतिवडालाई श्रमजीवी पत्रकार हकहित संरक्षण, प्रेम चुनारालाई दुर्गम तथा पिछडिएको क्षेत्रमा पत्रकारिता प्रवर्द्धन विभाग संयोजकको जिम्मेवारी तोकिएको छ । त्यसैगरी, युनियनका महासचिव दिलीप पौडेल संगठन विभाग र कोषाध्यक्ष माधव धिताल आर्थिक विभाग संयोजकको जिम्मेवारी पाएका छन् ।विभागका संयोजकहरूले युनियनको विधानको परिधिमा रहेर पत्रकार र पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्रको प्रवद्र्धन, युनियनको संस्थागत विकास, संगठनको मूल्य–मान्यता र आदर्शलाई आत्मसात् गर्दै काम गर्ने विश्वास लिएको युनियनका अध्यक्ष लम्सालले बताए ।साभार : नेपाल प्रेस
बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै
काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..
2 दिन पहिले
कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्..
काठमाडौं, कात्तिक१ : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नà..
2 दिन पहिले
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..
काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..
3 दिन पहिले
आज घर–घरमा फूलपाती भित्र्याइँदै
काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..
3 दिन पहिले
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
4 दिन पहिले