Janakpurdham
Tue, Nov 24, 2026
`

सुनकोसी–मरिणको ठेक्का रद्द भए मधेस आन्दोलित हुन मनिष झाको चेतावनी

35 मिनट पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, मंसिर ८ : सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द भए मधेश आन्दोलित हुने चेतावनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले दिएका छन्।

मंगलबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा आयोजना अलपत्र पार्ने नभई सम्पन्न गर्ने स्पष्ट कार्ययोजना सरकारसँग माग गर्दै उनले ठेक्का रोकिँदा मधेसमा आक्रोश बढ्ने बताए। 

‘मधेशसँग देखाउनलाई न हिमाल छ, न हामीसँग हाइड्रो उत्पादन गर्न स्रोत छ। भएकै एउटा खेती हो, त्यसमा पनि तपाईंहरू यस्तो अल्झाएर राख्नुहुन्छ,’ झाले भने, ‘यो आयोजना रद्द भयो भने मधेस आन्दोलित हुनेबाहेक अर्को कुनै पाटो हुँदैन ।’

झाले सुनकोसी–मरिण डाइभर्सन मधेसका पाँच जिल्लाको कृषि र सिँचाइसँग जोडिएको महत्त्वपूर्ण आयोजना भएको बताए।

करिब ६ वर्षअघि सुरु भएको आयोजनाबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको केही भाग गरी एक लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य रहेको उनले उल्लेख गरे। आयोजनाबाट २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसमेत छ।

१३.३ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु सन् २०२४ मे मै भइसके पनि बाँधलगायत संरचना निर्माणको काम अघि बढ्न नसकेको भन्दै झाले यसको कारणबारे स्पष्ट जवाफ माग गरे।

यसैबीच, सार्वजनिक लेखा समितिले सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियासहितका अधिकारीसँग छलफल गरेपछि समितिले यस्तो निर्देशन दिएको हो ।

आयोजनाको ठेक्का रद्द गरिएको विषयमा समितिमा उजुरी परेको थियो । बोलपत्र प्रक्रियाका सबै चरण पूरा भई आर्थिक प्रस्ताव खोल्ने अवस्थामा पुगेपछि अन्तिम समयमा ठेक्का रद्द गरिएको उजुरीमा उल्लेख छ । ठेक्का रद्द गर्दा राज्यलाई आर्थिक क्षति पुग्नुका साथै आयोजना निर्माणमा थप ढिलाइ हुने दाबी उजुरीकर्ताले गरेका छन् ।

बैठकमा नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल तथा स्काडा प्रणाली विस्तारसम्बन्धमा समितिमा प्राप्त उजुरीमाथि पनि छलफल भएको थियो । यस विषयमा प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसँग समेत छलफल गरिएको थियो ।

साभार ः काठमाडौं प्रेस

`
12 comments
अयोध्या–जनकपुर रेलसँगै हवाई सेवा पनि सञ्चालन गर्न मुख्à¤..

जनकपुरधाम, मंसिर ८ गते ।  अयोध्या र जनकपुरधामबीच धार्मिक तथा पर्यटकीय सम्बन्ध थप विस्तार गर्न मधेश प्रदेशका मुख..

31 मिनट पहिले

सुनकोसी–मरिणको ठेक्का रद्द भए मधेस आन्दोलित हुन मनिष झाà..

काठमाडौं, मंसिर ८ : सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द भए मधेश आन्दोलित हुने चेतावनी राष्ट्रिय स्वतन्त..

35 मिनट पहिले

मधेश प्रदेशका मन्त्रालयकाे वेबसाइट अपाङ्गतामैत्री बनाà..

जनकपुरधाम, मंसिर ७ गते । अपाङ्गता भएका व्यक्तिहरूलाई सूचना तथा सञ्चारको समान पहुँचबाट वञ्चित हुन नदिन मधेश प्रदे..

20 घन्टा पहिले

अयोध्या–जनकपुरधाम रेल सञ्चालन हुनु ठूलो अवसर हो : सांसद à¤..

जनकपुर, मंसिर ७ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अयोध्या जनकपुरधाम रेल सेवाले ठूलो अवसर सृजना गरे..

1 दिन पहिले

नेपाल–भारतबीच आठ समझदारीपत्रमा हस्ताक्षर, अन्तरिक्ष प्..

नयाँदिल्ली, मंसिर ७ : नेपाल र भारतबीच अन्तरिक्ष प्रविधि, सुरक्षा तालिम, निजामती कर्मचारीको क्षमता विकास, स्वास्à¤..

1 दिन पहिले