अग्रिम बुकिङमा प्रभासको ‘सालार’ आक्रमक, पहिलो दिन ३१ हजार बढी टिकट बिक्री
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
एजेन्सी, मुम्बई पुष १ गते । साउथ सुपरस्टार प्रभासको बहुप्रतिक्षित फिल्म ‘सालार’ २२ डिसेम्बरमा हलमा रिलिजको लागि तयारीमा छ ।दर्शकले लामो समयदेखि यो फिल्मको प्रतिक्षा गरिरहेका छन् । फिल्मको रिलिज मिति पटक–पटक सारिएपछि अब यो पर्दामा आउने भएको छ । यसअघि पनि फिल्मको ट्रेलर रिलिज भएको थियो भने अब अग्रिम बुकिङ पनि सुरु भएको छ, जसमा ‘सलार’ले राम्रो कलेक्सन गरिरहेको छ ।यसको अग्रिम बुकिङ डिसेम्बर १६ गते अर्थात् ‘सालार’ रिलिज हुनु एक साता अघि देखि नै सुरु भएको हो । प्रभासको फिल्मले पहिलो दिन अग्रिम बुकिङमा ३१ हजारभन्दा बढी टिकट बेचेको छ भने ६० लाखभन्दा बढी कमाएको छ ।सैकनिल्कको रिपोर्ट अनुसार ‘सालार’ ले पहिलो दिन अहिलेसम्म अग्रिम बुकिङ गरी ३१ हजार २८६ टिकट बिक्री गरेको हो ।‘सालार’ तेलुगु, मलयालम, तमिल, कन्नड र हिन्दी गरी ५ भाषामा रिलिज हुनेछ । हाल, अग्रिम बुकिङको आंकडा हिन्दी भाषामा आउन बाँकी छ। होमबेल फिल्म्सको ब्यानरमा निर्माण भएको ‘सालार’लाई प्रशान्त नीलले निर्देशन गरेका हुन् । फिल्ममा प्रभाससँगै पृथ्वीराज सुकुमारन, श्रुति हासन र मीनाक्षी चौधरी, टिनु आनन्द, ब्रह्माजी, ईश्वरी राव महत्वपूर्ण भूमिकामा देखिनेछन् ।सालार दुई साथीको कथा हो, जसमा एक साथीले आफ्नो मृत्यु हुँदा अपराधी गिरोहबाट बदला लिने वाचा गर्छ। प्रभासको वर्कफ्रन्टको कुरा गर्दा ‘सालार’ पछि अभिनेता ‘कल्की २८९८ ईस्वी’ मा देखिनेछन् ।साभार : डिसी नेपाल

मालपोत कार्यालय सेवा प्रवाहको डिजिटल अनुगमन सुरु
काठमाडौं, वैशाख १६ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूबाट..
18 घन्टा पहिले
जनकपुरधाममा मासुमा ठगी र अस्वस्थकर अभ्यास बढ्दो, उपमहान..
जनकपुरधाम , वैशाख १६ गते । दिनप्रतिदिन बढ्दै गएको महँगीका बीच उपभोक्ताले गुणस्तरीय वस्तु नपाउने समस्या झन् गम्..
18 घन्टा पहिले
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
काठमाडौँ, वैशाख १५ : आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि..
2 दिन पहिले
नेपालकाे आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने
काठमाडौं, वैशाख १५ : राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार आर्थिक वर्ष २०८२/८३ ..
2 दिन पहिले
नेता चयन ढिला भयो तर परिपक्व भयो : सभापति थापा
काठमाडौं, वैशाख १४ : नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन्। सोमबार नै बसे..
2 दिन पहिले