Janakpurdham
Sat, May 18, 2024
`

बंगलादेश : शेख हसिना लगातार चौथो पटक प्रधानमन्त्री बन्ने पक्का

4 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, पुस २३ : बंगलादेशकी वर्तमान प्रधानमन्त्री शेख हसिना लगातार चौथो पटक प्रधानमन्त्री बन्ने पक्का भएको छ। आइतबार भएको आम निर्वाचनमा हसिनाको पार्टी अवामी लिगले संसदको तीन सय सिटमध्ये २ सय ४ सिटमा जित निकालेको छ।यसपटक दुई सय ९९ सिटमा मतदान भएको थियो। योसँगै हसिनाले लगातार आठौं पटक चुनाव जितिन्। गोपालगञ्ज–३ सिटबाट उनले बंगलादेशको सर्वोच्च पार्टीका उम्मेदवार एम निजामुद्दीन लस्करलाई २ लाख ४९ हजारभन्दा बढी मतान्तरले पराजित गरिन्। 

हसिनाले २ लाख ४९ हजार ९ सय ६५ मत पाउँदा निजामुद्दीनले ४६९ मत मात्र  प्राप्त गरे। हसिनाले पहिलो पटक सन् १९८६ मा चुनाव जितेकी थिइन्। बंगलादेश निर्वाचन आयोगका अनुसार यस पटकको निर्वाचनमा  जम्मा ४० प्रतिशत मत खसेको छ। 

यो आँकडा परिवर्तन हुन सक्छ।  २०१८ को चुनावमा ८० प्रतिशत मतदान भएको थियो। बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) लगायत देशका विपक्षी दलहरूले चुनाव बहिष्कार गरेका थिए। शेख हसिना बंगलादेशको पाँचौं पटक प्रधानमन्त्री बन्न लागेकी छन्। उनी सन् १९९६ देखि २००१ सम्म प्रधानमन्त्री थिइन्। त्यसपछि सन् २००९ मा उनी फेरि प्रधानमन्त्री बनेर सत्तामा फर्किइन्। त्यसबेलादेखि अहिलेसम्म उनी लगातार सत्तामा छिन्।बंगलादेशमा विपक्षी दलको अनुपस्थितिमा मतपत्रमा अवामी लिग, उसको सहयोगी दल र स्वतन्त्र उम्मेदवारको नाम मात्रै लेखिएको थियो। यस्तो अवस्थामा सत्तारुढ दल अवामी लिगको जित औपचारिकता मात्र बाँकी थियो।
उता पूर्वप्रधानमन्त्री तथा बिएनपी प्रमुख खालिदा जियाले मंगलबारदेखि सरकारविरोधी आन्दोलन गर्ने योजना बनाएको बताएकि छिन्। उनले यो चुनावलाई नक्कली चुनावको संज्ञा दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।बीएनपीले २०१४ मा पनि चुनाव बहिष्कार गरेको थियो तर २०१८ मा भने भाग लिएको थियो। यसपटक पनि खालिदाको पार्टीसहित १६ दल निर्वाचनबाट टाढा रहेका थिए। यस्तै प्रधानमन्त्री शेख हसिनाले आफ्नो पार्टी अवामी लिगका नेता तथा कार्यकर्तालाई विजयको खुसीयाली मनाउन, र्‍याली वा जुलुस नगर्न निर्देशन दिएकी छन्।
बंगलादेशको संसदमा कुल ३५० सिट छन्। जसमध्ये ५० सिट महिलाका लागि आरक्षित छन्। आरक्षित सिटका लागि चुनाव हुँदैन, जबकि प्रत्येक पाँच वर्षमा ३०० सिटका लागि आम निर्वाचन हुन्छ।

बंगलादेशमा बंगलादेश अवामी लिग, बंगलादेश नेसनलिस्ट पार्टी र जटिया पार्टी गरी ३ प्रमुख राजनीतिक दल छन्। २०१८ को आम चुनावमा यी तीन दलका उम्मेदवारहरूले ३०० मध्ये २९० सिट जितेका थिए। जसमध्ये शेख हसिनाको अवामी लिगले २५७ सिटमा जित हासिल गरेको थियो। बंगलादेशको नेशनलिस्ट पार्टीले २६ सिटमा जित हासिल गरेको थियो भने खालिदा जियाको बंगलादेश नेसनलिस्ट पार्टीले ७ सिटमा जित हासिल गरेको थियो।यसपटक अर्थात् २०२४ मा २७ राजनीतिक दलका १ हजार ५ सयभन्दा बढी उम्मेदवारबाहेक ४ सय ३६ स्वतन्त्र उम्मेदवारले चुनाव लडेका थिए। यीमध्ये करिब २०० उम्मेदवार शेख हसिनाका समर्थक हुन्। साभार : काठमाडौं प्रेस

`
12 comments
मधेशी अपाङ्गता भएका व्यक्तिहरूका लागि तीन दिने प्रदेश स..

जनकपुरधाम, जेठ ५ गते । मधेश प्रदेश जनकपुरधाममा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धी र दिगो विकास..

35 मिनट पहिले

६ जिल्लाका सीमानाका बन्द, सीमानामा संयुक्त गस्ती

जनकपुरधाम,जेठ ५ गते । भारतको विहार राज्यसँग सीमा जोडिएका मधेश प्रदेशका ६ जिल्लाका सिमानाका आज बिहानदेखि ७२ घण्टा..

45 मिनट पहिले

जनकपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार

जनकपुरधाम, जेठ ५ गते । जनकपुरधामस्थित मिल्स एरियामा आज विहान कारको ठक्करबाट पत्रकार सिबेन्द्र रोहिता यादवको मृत..

9 घन्टा पहिले

कांग्रेसको एकपक्षीय अडानका कारण संसदीय समिति गठन हुन सक..

काठमाडौं,जेठ ४ गते  । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले कांग्रेसको एकपक्षीय अडानका कारण संसदीय सम..

1 दिन पहिले

छानबिन समिति गठनका विषयमा सहमतिको प्रयास भइरहेको छ: प्रव..

काठमाडौं,जेठ ४ गते ।  नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनका ..

1 दिन पहिले