
कृषि विश्वविद्यालयमा कृषि इञ्जिनियरिङ पढाइ हुने
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

चितवन, माघ २० : कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि इञ्जिनियरिङको पढाइ हुने भएको छ। विश्वविद्यालयले आउँदो शैक्षिकसत्रबाट कृषि इञ्जिनियरिङ कलेज स्थापना गर्ने निर्णय गरेको छ।
विश्वविद्यालयको कृषि सङ्कायका डिन प्रा डा अर्जुनकुमार श्रेष्ठकाअनुसार विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा ४८ जना कृषि इञ्जिनियरिङ पढाइका लागि अनुमति लिइनेछ। सुरुको वर्ष २४ जनाबाट पढाइ सुरु गर्ने उनले बताए। डिन श्रेष्ठकाअनुसार भारतलगायत देशमा अधिकांश कृषि पठनपाठन हुने विश्वविद्यालयमा कृषि इञ्जिनियरिङको पढाइ हुने गरेको छ।
धरानको पूर्वाञ्चल इञ्जिनियरिङ कलेजमा मात्रै यो विषयको पढाइ हुँदै आएको छ। यस विषयको अध्ययनसँगै कृषिमा यान्त्रीकरण गरी उत्पादकत्व बढाउन मद्दत पुग्ने विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीले बताए। उनले भने, 'देशको मेरुदण्डका रुपमा रहेको कृषिको सर्वाङ्गीण विकास गर्न र कृषिको आधुनिकीकरण एवं यान्त्रिकीकरण गर्दै ग्रामीण समुदायको सामाजिक तथा आर्थिकस्तर उठाउन यो विषय महत्वपूर्ण हुनेछ।'
कृषि, वन, पशु विज्ञान र मत्स्य स्नातक पढाइ हुँदै आएको यस विश्वविद्यालयमा कृषि इञ्जिनियरिङ थप हुने भएको हो। सम्बन्धित विषयको एकीकृतरुपले अध्ययन, अध्यापन, अनुसन्धान र प्रसार गराइ मुलुकभित्रै उच्चस्तरको प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्य विश्वविद्यालयको रहेको उनले बताए। हालै सम्पन्न विश्वविद्यालय सभाको १२औँ साधारण बैठकले आउँदो शैक्षिकसत्रबाट कृषि इञ्जिनियरिङ कलेज स्थापना गर्ने निर्णय गरेको हो।
साभार : काठमाडौं प्रेस

डाक्टरहरूकाे आन्दोलनबारे पत्तो नपाएका विरामीको आक्रोश..
काठमाडौं, असार २३ : नेपाल चिकित्सक संघले देशभरका सरकारी तथा निजी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ।&nb..
3 घन्टा पहिले
प्रधानमन्त्रीको संसदमा संवोधन– अन्तर्राष्ट्रिय क्षेत..
काठमाडौं, असार २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसद्लाई संवोधन गर्दै स्पेनको भ्रमणबारे जानकारी दिए..
3 घन्टा पहिले
“विद्यार्थीहरूका लागि विद्यालयमा स्वादिलो र पौष्टिक दि..
किशोर मण्डल जनकपुरधाम, असार २३ गते । सबैला नगरपालिका–८, ठिल्ला — मिति २०८२ साल असार २३ गते, सोमबारका दिन श्री ..
20 घन्टा पहिले
सञ्चारमाध्यम सञ्चालन नगर्न मधेश सरकारलाई पत्रकार महासं..
जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले मधेश सरकारलाई सञ्चारमाध्यम सञ्चालन नगर्न अपिल गरेको छ ।पत्रकार ..
2 दिन पहिले
केपी ओलीको निर्देशनमै एमाले चल्छ, विद्या भण्डारी आउँदा उ..
जनकपुरधाम, असार २२ गते । नेकपा एमालेका सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कमब्याकले प..
2 दिन पहिले