
दुई विकास बैंक र ३ फाइनानस कम्पनीका अध्यक्ष तथा सिईओलाई राष्ट्र बैंकको कारबाही
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं,फागुन २ गते । नेपाल राष्ट्र बैंकले दुई विकास बैंक र ३ फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) तथा अध्यक्षलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा मुक्तिनाथ विकास बैंक र नारायाणी डेभपमेन्ट बैंक छन् ।मुक्तिनाथ डेभलपमेन्ट बैंकले ग्राहक संरक्षण कोषको रकम दुरुपयोग गरेको भन्दै सञ्चालक समितिका अध्यक्ष र सिईओलाई सचेत गराएको छ ।
यस्तै स्वतन्त्र सञ्चालकको कार्यकाल सकिँदा पनि बैंकमा उपस्थिति गराइ निर्णय प्रक्रियामा सहभागी गराइएको र दोस्रो कार्यकालका लागि पनि नियुक्ति गरिएको भन्दै सचेत गराएको छ । साथै उक्त सञ्चालकलाई तत्काल हटाउन पनि निर्देशन दिएको छ ।यस्तै, यही बैंकले आधारदरलाई आफ्नो तजविजमा महिनामै पटक पटक परिवर्तन गरेको भन्दै सिईओलाई पनि सचेत गराएको केन्द्रीय बैंकले जनाएको छ । नारायाणी डेभलपमेन्ट बैंकलाई पनि अनिवार्य नगद मौज्दात तीनपटक सम्म कायम नगरेका भन्दै १२ हजार नगद जरिवाना केन्द्रीय बैंकले गरेको छ । यस्तै, सिडि रेसियो पनि सिमा भन्दा बढी राखेको भन्दै २ लाख ४१ हजार ९२४ रुपैयाँ जरिवाना गरेको छ ।
यता प्रोग्रेसिभ फाइनान्स कम्पनी र गुडविल फाइनान्स कम्पनीले पनि महर्जन विजनेश एशोसियट प्रालिलाइ धितो जोखिम हुने गरी कर्जा प्रवाह गरेको भन्दै सो फाइनान्सका सञ्चालक समिति र सिईओलाई नसिहत दिइएको छ । यस्तै गुहेश्वरी मर्चेन्ट बैंकि एण्ड फाइनान्सका सिईओलाई तोकिएको सिमा भन्दा बढी शेयर लगानी बिक्रि गरी नियम उल्लंघन गरेको भन्दै कारबाही गरेको हो ।साभार : नेपाल प्रेस

कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन
काठमाडौं, असोज १ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजानिक गरेको छ। जसनुसार परिक्ष..
8 घन्टा पहिले
Gen-Z आन्दोलन मा शहीदहरूको सम्झनामा जनकपुरधाममा श्रद्धाञ्..
जनकपुरधाम, अशोज १ ।मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान (MISH) जनकपुरधामको प्राङ्गणमा बुधबार साँझ एक श्रद्धाञ्जली सभा..
9 घन्टा पहिले
मधेशका मुख्यमन्त्रीले राजीनामा दिन अटेर गरेपछि प्रतिपक..
काठमाडौं ,भदौ ३१ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीना..
1 दिन पहिले
कर्मचारीको बैठक भत्ता खारेज, सरकारी कार्यक्रम सरकारी हल..
काठमाडौं ,भदौ ३१ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको सचिव बैठकले मुलुक..
1 दिन पहिले
मन्त्री घिसिङको घोषणा– पुनर्निर्माणका लागि विशेष कोष ख..
काठमाडौं, ३० भदौ : भौतिक योजनामन्त्रालयको जिम्मेवारी समालेलगत्तै उर्जा मन्त्री समेत रहेका कुलमान घिसिङले क्षत..
2 दिन पहिले