Janakpurdham
Fri, Oct 16, 2026
`

दुई विकास बैंक र ३ फाइनानस कम्पनीका अध्यक्ष तथा सिईओलाई राष्ट्र बैंकको कारबाही

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं,फागुन २ गते ।  नेपाल राष्ट्र बैंकले दुई विकास बैंक र ३ फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) तथा अध्यक्षलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा मुक्तिनाथ विकास बैंक र नारायाणी डेभपमेन्ट बैंक छन् ।मुक्तिनाथ डेभलपमेन्ट बैंकले ग्राहक संरक्षण कोषको रकम दुरुपयोग गरेको भन्दै सञ्चालक समितिका अध्यक्ष र सिईओलाई सचेत गराएको छ ।

यस्तै स्वतन्त्र सञ्चालकको कार्यकाल सकिँदा पनि बैंकमा उपस्थिति गराइ निर्णय प्रक्रियामा सहभागी गराइएको र दोस्रो कार्यकालका लागि पनि नियुक्ति गरिएको भन्दै सचेत गराएको छ । साथै उक्त सञ्चालकलाई तत्काल हटाउन पनि निर्देशन दिएको छ ।यस्तै, यही बैंकले आधारदरलाई आफ्नो तजविजमा महिनामै पटक पटक परिवर्तन गरेको भन्दै सिईओलाई पनि सचेत गराएको केन्द्रीय बैंकले जनाएको छ । नारायाणी डेभलपमेन्ट बैंकलाई पनि अनिवार्य नगद मौज्दात तीनपटक सम्म कायम नगरेका भन्दै १२ हजार नगद जरिवाना केन्द्रीय बैंकले गरेको छ । यस्तै, सिडि रेसियो पनि सिमा भन्दा बढी राखेको भन्दै २ लाख ४१ हजार ९२४ रुपैयाँ जरिवाना गरेको छ । 

यता प्रोग्रेसिभ फाइनान्स कम्पनी र गुडविल फाइनान्स कम्पनीले पनि महर्जन विजनेश एशोसियट प्रालिलाइ धितो जोखिम हुने गरी कर्जा प्रवाह गरेको भन्दै सो फाइनान्सका सञ्चालक समिति र सिईओलाई नसिहत दिइएको छ । यस्तै गुहेश्वरी मर्चेन्ट बैंकि एण्ड फाइनान्सका सिईओलाई तोकिएको सिमा भन्दा बढी शेयर लगानी बिक्रि गरी नियम उल्लंघन गरेको भन्दै कारबाही गरेको हो ।साभार : नेपाल प्रेस
 

 

 

`
12 comments
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

12 घन्टा पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

12 घन्टा पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

12 घन्टा पहिले

केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

2 दिन पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

2 दिन पहिले