Janakpurdham
Tue, Oct 28, 2025
`

वानेश्वरमा शिक्षक र प्रहरीबीच झडप, शिक्षकहरु घाइते

6 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, वैशाख १४ः आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ वानेश्वरमा झडप भएको छ। बिजुलीबजार–नयाँ वानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो।

शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोजेको थियो। सोही क्रममा तनाव बढेको हो। आक्रोशित भिडबाट प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो।

वानेश्वरमा शिक्षक र प्रहरीबीचको झडपमा प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो। शिक्षक महासंघका अनुसार उक्त झडपमा १५ जनाभन्दा बढी शिक्षक घाइते भएका छन्।

शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन्। उनीहरुले चैत २५ गतेदेखि शैक्षिक आमहड्ताल घोषणा समेत गरेका छन्। यसबीचमा शिक्षक र सरकारका प्रतिनिधिबीच सहमतिको प्रयास भए पनि सहमति जुट्न सकेको छैन।

साभार : काठमाडौं प्रेस

`
12 comments
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न

काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..

10 घन्टा पहिले

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा

काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..

10 घन्टा पहिले

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

1 दिन पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

1 दिन पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

3 दिन पहिले