वानेश्वरमा शिक्षक र प्रहरीबीच झडप, शिक्षकहरु घाइते
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, वैशाख १४ः आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ वानेश्वरमा झडप भएको छ। बिजुलीबजार–नयाँ वानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो।
शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोजेको थियो। सोही क्रममा तनाव बढेको हो। आक्रोशित भिडबाट प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो।
वानेश्वरमा शिक्षक र प्रहरीबीचको झडपमा प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो। शिक्षक महासंघका अनुसार उक्त झडपमा १५ जनाभन्दा बढी शिक्षक घाइते भएका छन्।
शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन्। उनीहरुले चैत २५ गतेदेखि शैक्षिक आमहड्ताल घोषणा समेत गरेका छन्। यसबीचमा शिक्षक र सरकारका प्रतिनिधिबीच सहमतिको प्रयास भए पनि सहमति जुट्न सकेको छैन।
साभार : काठमाडौं प्रेस
जेनजी आन्दोलनको एक वर्ष : दलका युवा नेताहरूको नजरमा के बद..
काठमाडौं, भदाै २३ : एक वर्षअघि सडकमा उत्रिएको जेनजी पुस्ताले केवल सरकार परिवर्तनको माग गरेको थिएन। उनीहरूको असन..
5 मिनट पहिले
सहीद परिवारलाई सुनारले भने- तिम्रो छोराले गोली खाएर देशल..
काठमाडौं, भदाै २३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेनजी आन्दोलनका शहीदहरूको बल..
7 मिनट पहिले
सप्तकोशीमा दुई लाख क्युसेक नाघ्यो पानीको बहाव, कोशी ब्या..
सुनसरी, भदाै २२ : पूर्वी पहाडी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक प्र..
24 घन्टा पहिले
विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धारलाई निरन्..
काठमाडौं, भदाै २२ : राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्..
24 घन्टा पहिले
बाढीले पुलहरू बगाएपछि स्थानीयलाई जिपलाइनको साहरा
काठमाडौं, भदौ २१ : विनाशकारी आकस्मिक बाढी र पहिरोपछि रसुवा, नुवाकोट र धादिङलगायतका बासिन्दा तहसनहस भएको जीवन पुनः..
2 दिन पहिले