Janakpurdham
Fri, Oct 03, 2025
`

वर्षापछि मधेशमा धान रोपाई, ६७ प्रतिशत पुग्यो

2 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,श्रावण २१ गते । पछिल्लो केही दिन यता मधेश प्रदेशका जिल्लाहरूमा भएको वर्षाका कारणले मधेश प्रदेशमा धान रोपाई १० प्रतिशतले वृद्धि भएको छ । 

पछिल्लो चार दिन यता मधेश प्रदेशका जिल्लाहरूमा धानको रोपाइमा वृद्धि भएर ५७ प्रतिशत रहेको धानको रोपाइबाट वृद्धि भएर ६७ प्रतिशत पुगेको मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. उमेश दहालले जानकारी दिनु भएको हो । 

ढिलो गरि वर्षा भएका कारणले यस पटक धानको रोपाइमा ढिलाई भएपनि पछिल्लो दिनमा वर्षा भएका कारणले धानको रोपाई यस पटक ८० प्रतिशत हुने अनुमान सचिव डा. दहालले गर्नु भयो । गत वर्षा मधेश प्रदेशका जिल्लाहरूमा ९५ प्रतिशतले धान रोपाई भएको थियो ।  

यसपटक ढिलो गरि वर्षा भएका कारणले किसानहरु ढिला गरेर भएपनि रोपाई गर्ने क्रममा तीव्रता दिएका कारणले धान रोपाइको प्रतिशतमा वृद्धि हुँदै जाने अवस्था रहेको मन्त्रालयले जनाएको छ । 

गत वर्ष मौसम अनुकूल रहेको र रासायनिक मलको सहज आपूर्ति भएका कारणले १४ लाख मेट्रिक टन धानको उत्पादन भएका थिए । मधेश प्रदेशका जिल्लाहरूमा रहेका ५ लाख ४२ हजार ५ सय ८० दशमलव ७८ हेक्टर क्षेत्रफल कृषि योग्य जमिन मध्ये ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । 

मधेश प्रदेशका ८ जिल्ला मध्ये सबैभन्दा बढी धान खेती सप्तरी जिल्लामा हुने गरेको छ । सप्तरी जिल्लामा कूल कृषि योग्य भूमि मध्ये ६८ हजार हेक्टरमा धान खेती हुने गरेको छ भने सबै भन्दा कम रौतहट जिल्लामा हुने गरेको छ । । रौतहट जिल्लामा ३५ हजार हेक्टरमा धान खेती हुने गरेको छ । 

यस पटक ढिलो गरि वर्षा भएका कारणले धानरोपाईमा किसानहरु अहिले पनि जुटेका छन् । धान रोपाइको क्रम यस महिना भरि चल्ने भएपनि ढिला रोपाई भएका कारणले धानको उत्पादन असर पर्ने कृषि क्षेत्रका विज्ञ रहनु भएका खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाई धनुषाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत युगल किशोर तिवारीले बताउनु भएको छ । धान रोपाइका लागि असार महिना तथा साउनको पहिलो साता उपयुक्त रहेको छ । 


साभार : रेडियो नेपाल

 

`
12 comments
जनकपुरधाममा खोइँच भराइँ सुरु, महाअष्टमीमा बोकाबलीको तय..

जनकपुरधाम,,असोज १४ गते । सप्तमी तिथिमा आराध्य देवी दुर्गाको बेलतोडी विधिसँगै जनकपुरधामलगायत तराई–मधेशका शक्..

3 दिन पहिले

प्रधानमन्त्री सुशीला कार्कीले यसवर्ष बडा दशैंको टीका न..

काठमाडौं ,असोज १३ गते । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा धेरै युवाको ज्यान गएको सन्दर्भमा यसवर्ष ब..

3 दिन पहिले

वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक सिरिज विजय

काठमाडौं ,असोज १३ गते । लगातार दोस्रो जितसंगै नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई सिरिजको उपाधी जितेको छ ..

3 दिन पहिले

नेपाल प्रहरीका ४ डिआइजी एआइजीका लागि सिफारिस

काठमाडौं,असोज १२ गते । नेपाल प्रहरीका ४ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ब..

4 दिन पहिले

पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसिया कपको उपाधि

काठमाडौं ,असोज १२ गते । एसिया कप क्रिकेट २०२५ को उपाधि लगातार दोस्रोपटक भारतले जितेको छ । आइतबार राति दुबई अन्तर्र..

4 दिन पहिले