Janakpurdham
Mon, Sep 21, 2026
`

वर्षापछि मधेशमा धान रोपाई, ६७ प्रतिशत पुग्यो

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,श्रावण २१ गते । पछिल्लो केही दिन यता मधेश प्रदेशका जिल्लाहरूमा भएको वर्षाका कारणले मधेश प्रदेशमा धान रोपाई १० प्रतिशतले वृद्धि भएको छ । 

पछिल्लो चार दिन यता मधेश प्रदेशका जिल्लाहरूमा धानको रोपाइमा वृद्धि भएर ५७ प्रतिशत रहेको धानको रोपाइबाट वृद्धि भएर ६७ प्रतिशत पुगेको मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. उमेश दहालले जानकारी दिनु भएको हो । 

ढिलो गरि वर्षा भएका कारणले यस पटक धानको रोपाइमा ढिलाई भएपनि पछिल्लो दिनमा वर्षा भएका कारणले धानको रोपाई यस पटक ८० प्रतिशत हुने अनुमान सचिव डा. दहालले गर्नु भयो । गत वर्षा मधेश प्रदेशका जिल्लाहरूमा ९५ प्रतिशतले धान रोपाई भएको थियो ।  

यसपटक ढिलो गरि वर्षा भएका कारणले किसानहरु ढिला गरेर भएपनि रोपाई गर्ने क्रममा तीव्रता दिएका कारणले धान रोपाइको प्रतिशतमा वृद्धि हुँदै जाने अवस्था रहेको मन्त्रालयले जनाएको छ । 

गत वर्ष मौसम अनुकूल रहेको र रासायनिक मलको सहज आपूर्ति भएका कारणले १४ लाख मेट्रिक टन धानको उत्पादन भएका थिए । मधेश प्रदेशका जिल्लाहरूमा रहेका ५ लाख ४२ हजार ५ सय ८० दशमलव ७८ हेक्टर क्षेत्रफल कृषि योग्य जमिन मध्ये ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । 

मधेश प्रदेशका ८ जिल्ला मध्ये सबैभन्दा बढी धान खेती सप्तरी जिल्लामा हुने गरेको छ । सप्तरी जिल्लामा कूल कृषि योग्य भूमि मध्ये ६८ हजार हेक्टरमा धान खेती हुने गरेको छ भने सबै भन्दा कम रौतहट जिल्लामा हुने गरेको छ । । रौतहट जिल्लामा ३५ हजार हेक्टरमा धान खेती हुने गरेको छ । 

यस पटक ढिलो गरि वर्षा भएका कारणले धानरोपाईमा किसानहरु अहिले पनि जुटेका छन् । धान रोपाइको क्रम यस महिना भरि चल्ने भएपनि ढिला रोपाई भएका कारणले धानको उत्पादन असर पर्ने कृषि क्षेत्रका विज्ञ रहनु भएका खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाई धनुषाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत युगल किशोर तिवारीले बताउनु भएको छ । धान रोपाइका लागि असार महिना तथा साउनको पहिलो साता उपयुक्त रहेको छ । 


साभार : रेडियो नेपाल

 

`
12 comments
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

20 घन्टा पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

20 घन्टा पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..

काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..

2 दिन पहिले

वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

3 दिन पहिले