Janakpurdham
Sun, Sep 20, 2026
`

सीमा तनाव समाधान र भन्सार नीति सुधार गर्न सरकारसँग संवाद समूहको माग

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, बैशाख ५ गते । नेपाल–भारत खुला सीमा संवाद समूहले सीमामा देखिएको पछिल्लो तनाव व्यवस्थापन गर्दै भन्सार नीति सुधार गर्न सरकारसँग आग्रह गरेको छ।

समूहका प्रवक्ता प्रमोद कुमार साहले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल–भारतबीचको ऐतिहासिक सामाजिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई ध्यानमा राख्दै वर्तमान भन्सार नीतिप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ।

समूहले सीमावर्ती क्षेत्रका बासिन्दाको जनजीवन सहज बनाउन तथा जनस्तरको सम्बन्ध सुदृढ गर्न तत्काल नीतिगत सुधार आवश्यक रहेको औंल्याएको छ।

हाल सीमा नाकाबाट १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार तिर्नुपर्ने व्यवस्थाले न्यून आय भएका उपभोक्तालाई समस्या परेको उल्लेख गर्दै उक्त प्रावधान हटाएर घरायसी प्रयोजनका सामग्रीमा शून्य भन्सार लागू गर्न माग गरिएको छ।

त्यस्तै, सीमावर्ती सहर र धार्मिक स्थलमा आउने श्रद्धालुका लागि ४८ घण्टासम्म भन्सार छुटको व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ। यसले धार्मिक पर्यटन प्रवर्द्धनसँगै जनस्तरको सम्बन्ध अझ मजबुत हुने विश्वास समूहको छ।

विज्ञप्तिमा सामान्य नागरिकलाई सास्ती दिने कार्यको विरोध गर्दै व्यावसायिक तस्करी नियन्त्रणका लागि कडा सुरक्षा र कानुनी कारबाही गर्न सरकारसँग माग गरिएको छ। उपभोक्ता र तस्करबीच स्पष्ट भिन्नता छुट्याउन संयमित प्रशासन आवश्यक रहेको समूहको भनाइ छ।

यसैबीच, सीमा क्षेत्रमा सस्तो र व्यवस्थित बजार स्थापना गर्न तथा दैनिक उपभोग्य खाद्यान्नमा पूर्ण भन्सार छुट दिनुपर्ने माग पनि गरिएको छ।

समूहले सीमा क्षेत्रको संवेदनशीलता बुझेर आफ्ना माग तत्काल सम्बोधन नगरे थप दबाबमूलक कार्यक्रम ल्याउने चेतावनी दिएको छ।

`
12 comments
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

4 घन्टा पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

4 घन्टा पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

1 दिन पहिले

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..

काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..

1 दिन पहिले

वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

2 दिन पहिले