Janakpurdham
Fri, Nov 20, 2026
`

हरिबोधिनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरि मनाउँदै

1 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, मंसिर ४ : हिन्दु धर्मावलम्बीहरूले आज हरिबोधिनी एकादशी अर्थात् ठूली एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने यस पर्वलाई हिन्दु धर्ममा विशेष महत्त्वका साथ लिने गरिन्छ ।

एकादशीमध्ये सबैभन्दा ठूलो र महत्त्वपूर्ण मानिने भएकाले यसलाई जनजिब्रोमा ठूली एकादशी पनि भन्ने गरिन्छ ।

धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आजै जागा हुन्छन् । चार महिनापछि भगवान् विष्णु जागा हुने विश्वासका साथ यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो ।

हरिबोधिनी एकादशीका दिन तुलसी विवाह गर्ने परम्परा पनि छ । यस अवसरमा भगवान् विष्णुको स्वरूप मानिने शालिग्राम र तुलसीको विवाह गराउने धार्मिक चलन रहेको छ । हिन्दु धर्मावलम्बीहरूले घरघरमा तुलसीको मठ सजाएर विधिपूर्वक पूजा तथा विवाह सम्पन्न गर्ने गर्छन् ।

वैदिक सनातन हिन्दु धर्मशास्त्रमा तुलसीलाई अत्यन्त पवित्र वनस्पतिका रूपमा लिइएको छ । धार्मिक तथा सांस्कृतिक महत्त्वसँगै आयुर्वेदमा समेत तुलसीको विशेष स्थान रहेको छ । यही कारण हिन्दु धर्मावलम्बीहरूले घरको आँगनमा तुलसीको मठ निर्माण गरी नियमित रूपमा पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आएका छन् ।

सनातन परम्पराअनुसार प्रातःकाल उठेर तुलसीमा जल अर्पण गर्ने, पूजा गर्ने र नमन गर्ने चलन छ । जन्मदेखि मृत्युसम्मका विभिन्न धार्मिक संस्कारमा समेत तुलसीको पात तथा बिरुवाको प्रयोग गरिन्छ । पूजाआजा, धार्मिक अनुष्ठान र शुभकार्यमा तुलसीको प्रयोगलाई विशेष पवित्र मानिन्छ ।

साभार ः काठमाडौं प्रेस

`
12 comments
हरिबोधिनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूज..

काठमाडौं, मंसिर ४ : हिन्दु धर्मावलम्बीहरूले आज हरिबोधिनी एकादशी अर्थात् ठूली एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँà..

1 घन्टा पहिले

छलफल लागि निर्वाचन आयोग पुगे शीर्ष नेताहरू (तस्बिरसहित)

काठमाडाैं, मंसिर ४ : निर्वाचन आयोगले आह्वान गरेको छलफलमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू निर्वाचन..

1 घन्टा पहिले

दल त्याग गर्ने जसपाका १८ स्थानीय जनप्रतिनिधिको पद स्वतः ..

काठमाडौं, मंसिर ३ : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वà¤..

1 दिन पहिले

फागुन २१ को चुनावी धक्का अस्थायी हो : वरिष्ठ नेता भण्डारी

काठमाडौं, मंसिर ३ : नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष फागुन २१ को निर..

1 दिन पहिले

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौं, मंसिर २ : अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । न्यूयोर्क मर्कन्टाइल एक्सचेनà¥..

2 दिन पहिले