Janakpurdham
Sat, Nov 21, 2026
`

प्राकृतिक जलाशय संरक्षण र माछाको उत्पादकत्व वृद्धि गर्न विज्ञको जोड

16 मिनट पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, मंसिर ५ गते। मधेश प्रदेश सरकारले व्यावसायिक माछापालनमा संलग्न किसानलाई माछाको बीउ तथा माछुरा खरिदमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ ।

आज जनकपुरधाममा विश्व मत्स्य दिवसका अवसरमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशका सचिव डा सञ्जय यादवले प्रदेशका आठवटै जिल्लाका माछापालक किसानलाई लक्षित गरी पहिलोपटक परीक्षणका रूपमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

किसानको माग र आग्रहअनुसार कार्यक्रम ल्याइएको उल्लेख गर्दै उहाँले यसको कार्यान्वयनका लागि आवश्यक कार्यविधिसमेत तयार भइसकेको बताउनुभयो । सम्बन्धित जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत सूचना प्रकाशन गरी किसानलाई कार्यक्रममा सहभागी गराइने उहाँको भनाइ थियो ।

उहाँले आगामी आर्थिक वर्षमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै माछाको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न यसअघि सञ्चालन हुँदै आएका कार्यक्रमलाई समेत निरन्तरता दिइने बताउनुभयो ।

कार्यक्रममा वक्ताहरूले माछाको उत्पादन वृद्धि गर्न पोखरी निर्माण र क्षेत्रफल विस्तारमा मात्र केन्द्रित नभई प्राकृतिक जलाशय, नदी, ताल, खोलानाला तथा अन्य जलस्रोतको संरक्षण र दिगो उपयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण कार्यालय जनकपुरधामका प्रमुख सरोजकुमार यादवसहितका वक्ताहरूले प्राकृतिक जलाशयको विनाश, पानी प्रदूषण र अवैध रूपमा माछा मार्ने प्रवृत्तिले जलीय जैविक विविधता सङ्कटमा पर्दै गएको बताउनुभयो ।

 नेपालमा करिब २५२ प्रजातिका माछा पाइन्छन् । तीमध्ये १६ प्रजाति नेपालमा मात्रै पाइने स्थानीय प्रजाति रहेका छन् । कोशी, गण्डकी, कर्णाली र महाकाली नदी प्रणालीमा विभिन्न प्रजातिका माछा पाइने भए पनि विषादी प्रयोग, करेन्ट लगाएर माछा मार्ने, औद्योगिक क्षेत्रबाट निस्कने रासायनिक पदार्थयुक्त पानी मिसाउने तथा माछाका प्रजननस्थल नष्ट गर्ने गतिविधिले तिनको अस्तित्व सङ्कटमा परेको वक्ताहरूको भनाइ थियो ।

वक्ताहरूले माछा उत्पादन वृद्धि गर्न गुणस्तरीय दाना, उन्नत प्रविधि, यान्त्रीकरण, वैज्ञानिक व्यवस्थापन र माछाका भुराको सहज उपलब्धता आवश्यक रहेको बताउनुभयो । साथै, उपयोगविहीन तथा कम उत्पादन हुने जग्गामा पोखरी निर्माण र धानखेतीसँगै माछापालन गर्ने एकीकृत कृषि प्रणालीलाई पुनः प्रवर्द्धन गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा जलवायु परिवर्तनले जलीय पारिस्थितिक प्रणाली तथा मत्स्य उत्पादनमा पार्ने प्रभावबारे पनि छलफल गरिएको थियो । जलवायु परिवर्तनका कारण उत्पन्न हुने असर न्यूनीकरण गर्न प्राकृतिक जलाशयको संरक्षण र दिगो उपयोग आवश्यक रहेको सचिव यादवले बताउनुभयो ।

उहाँले नदी, नाला तथा प्राकृतिक जलस्रोतको सम्भावना पहिचान गरी योजनाबद्ध रूपमा माछापालनमा उपयोग गर्नुपर्ने बताउँदै धानखेतलाई पोखरीमा रूपान्तरण गर्नुभन्दा उपलब्ध प्राकृतिक जलस्रोतको उपयोग गर्ने नीति आवश्यक रहेको धारणा राख्नुभयो।

`
12 comments
प्राकृतिक जलाशय संरक्षण र माछाको उत्पादकत्व वृद्धि गर्à¤..

जनकपुरधाम, मंसिर ५ गते। मधेश प्रदेश सरकारले व्यावसायिक माछापालनमा संलग्न किसानलाई माछाको बीउ तथा माछुरा खरिदमा à..

16 मिनट पहिले

हरिबोधिनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूज..

काठमाडौं, मंसिर ४ : हिन्दु धर्मावलम्बीहरूले आज हरिबोधिनी एकादशी अर्थात् ठूली एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँà..

1 दिन पहिले

छलफल लागि निर्वाचन आयोग पुगे शीर्ष नेताहरू (तस्बिरसहित)

काठमाडाैं, मंसिर ४ : निर्वाचन आयोगले आह्वान गरेको छलफलमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू निर्वाचन..

1 दिन पहिले

दल त्याग गर्ने जसपाका १८ स्थानीय जनप्रतिनिधिको पद स्वतः ..

काठमाडौं, मंसिर ३ : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वà¤..

2 दिन पहिले

फागुन २१ को चुनावी धक्का अस्थायी हो : वरिष्ठ नेता भण्डारी

काठमाडौं, मंसिर ३ : नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष फागुन २१ को निर..

2 दिन पहिले