अन्तर्राष्ट्रिय छवि शून्यमा पुर्याउनेहरूले प्रधानमन्त्रीको कुटनीतिक मर्यादामा प्रश्न उठाए : सांसद संग्रौला
3 घन्टा पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, असाेज १३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टीका संग्रौलाले प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिकामा भएको कूटनीतिक स्वागतलाई लिएर विपक्षी दलका नेताहरूले गरेको टिप्पणीप्रति आपत्ति जनाएकी छन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले मिडियामा विपक्षी दलका नेताहरूले अमेरिकामा प्रधानमन्त्रीको कूटनीतिक स्वागत र तामझाम नभएको भन्दै खिसिट्युरी गरेको सुनिएको बताइन्।
‘मिडियामा सुनिन्छ, विपक्षी दलका नेताहरूले अमेरिकामा प्रधानमन्त्रीज्यूको कूटनीतिक स्वागत र तामझाम भएन भनेर खिसिट्युरी गर्दै हुनुहुन्छ। चार दशकसम्म निरन्तर सत्ता सम्हालेर देशको अन्तर्राष्ट्रिय छवि नै शून्यमा पुर्याउनेहरूले भर्खरै प्रधानमन्त्री सम्हालेको बालेन्द्र शाहको कूटनीतिक मर्यादाको चिन्ता गर्नु अचम्म छ,’ उनले भनिन्।
संग्रौलाले ढिलै भए पनि देशको कूटनीतिक मर्यादा प्रधानमन्त्रीले जोगाउनुपर्ने चेतना आएको बताइन्।
‘ढिलै भए पनि देशको कूटनीतिक मर्यादा देशको प्रधानमन्त्रीले जोगाउनुपर्छ, त्यसका लागि देशको हैसियत उच्च हुनुपर्छ भन्ने चेतना आएछ,’ उनले भनिन्।
साभार ः काठमाडौं प्रेस
अन्तर्राष्ट्रिय छवि शून्यमा पुर्याउनेहरूले प्रधानमनà¥..
काठमाडौं, असाेज १३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टीका संग्रौलाले प्रधानमन्त्री बालेन्द्र शाहको ..
3 घन्टा पहिले
दुई दिनपछि सर्यो कांग्रेसको १५औँ महाधिवेशन
काठमाडौं, असोज १३ : नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिनपछि धकेलिएको छ। महाधिवेशन यही असोज १८ गतेका लागि सारिà..
3 घन्टा पहिले
एनपीएलअघि एक्सट्रीमको अभियान, कीर्तिपुरमा सात टोलीका लà¤..
काठमाडौं, असोज १२ गते । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सुरु हुनुअघि एक्सट्रीम इनर्जी ड्रà¤..
1 दिन पहिले
रबैया यस्तै रहे सरकारले यसको मूल्य चुकाउनु पर्छ : प्रचण्à¤..
काठमाडौं, असोज १२ : बिनाकारण विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने टि..
1 दिन पहिले
पशु बधशाला ऐन प्रभावकारी रूपमा लागू गर्नुपर्छ : मन्त्री à¤..
काठमाडौं, असाेज १२ : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पशु बधशाला तथा मासु जाँचसम्बन्धी कानुन प्रभावकार..
1 दिन पहिले