Janakpurdham
Tue, Sep 29, 2026
`

दुई दिनपछि सर्‍यो कांग्रेसको १५औँ महाधिवेशन

3 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असोज १३ : नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिनपछि धकेलिएको छ। महाधिवेशन यही असोज १८ गतेका लागि सारिएको हो ।

असोज १६–१९ मा काठमाडौंमा हुने तय भएको महाधिवेशन १८ गतेका लागि सारिएको कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले महाधिवेशन दुई दिनपछि सारिएको जानकारी दिए।

‘नेपाली कांग्रेस १५औँ महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भई प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइरहेका छन्,’ दुलालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

देशमा विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको पनि उनले बताएका छन्। 

१५औँ महाधिवेशन उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ । महाधिवेशन अन्तर्गत अधिवेशन शृङ्खला यही असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको हो । वडा र पालिका अधिवेशन सम्पन्न भइसकेको छ ।

साभार ः काठमाडौं प्रेस

`
12 comments
अन्तर्राष्ट्रिय छवि शून्यमा पुर्‍याउनेहरूले प्रधानमनà¥..

काठमाडौं, असाेज १३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टीका संग्रौलाले प्रधानमन्त्री बालेन्द्र शाहको ..

3 घन्टा पहिले

दुई दिनपछि सर्‍यो कांग्रेसको १५औँ महाधिवेशन

काठमाडौं, असोज १३ : नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिनपछि धकेलिएको छ। महाधिवेशन यही असोज १८ गतेका लागि सारिà..

3 घन्टा पहिले

एनपीएलअघि एक्सट्रीमको अभियान, कीर्तिपुरमा सात टोलीका लà¤..

काठमाडौं, असोज १२ गते ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सुरु हुनुअघि एक्सट्रीम इनर्जी ड्रà¤..

1 दिन पहिले

रबैया यस्तै रहे सरकारले यसको मूल्य चुकाउनु पर्छ : प्रचण्à¤..

काठमाडौं, असोज १२ : बिनाकारण विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने टि..

1 दिन पहिले

पशु बधशाला ऐन प्रभावकारी रूपमा लागू गर्नुपर्छ : मन्त्री à¤..

काठमाडौं, असाेज १२ : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पशु बधशाला तथा मासु जाँचसम्बन्धी कानुन प्रभावकार..

1 दिन पहिले