मलेखु–मुग्लिङ सडक खण्ड : १० स्थानमा अवरोध, यात्रा नगर्न आग्रह
3 घन्टा पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, असाेज ११ : लगातारको वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डका १० भन्दा बढी स्थानमा पहिरो खस्नुका साथै सडक भासिँदा आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । ठाउँ–ठाउँमा ठूला ढुङ्गा, रुख र लेदोसहितको पहिरो खसेपछि यो खण्ड भएर गुड्ने सवारीसाधन पूर्णरुपमा बन्द भएको हो ।
विशेष गरी कृष्णभीर, ज्यामिरेघाटको चौकीभीर, घोप्टेभीर र सिमलधारा क्षेत्रमा खसेको ठूलो पहिरोका कारण सडक दुईतर्फी नै ठप्प बनेको छ । फिस्लिङ क्षेत्रका तीन फरक–फरक ठाउँमा करिब २०० मिटर सडक पहिरोले ढाकेको छ भने त्यहाँको आधा भाग करिब ३० मिटर चर्किएर दबिएको छ ।
यसैगरी शीलतबजार, गोमति खोला, चुम्लिङटार र धारापानी खण्डमा पनि पहिरो र सडक भासिने समस्या देखिएको छ । धारापानीमा कल्भर्ट खुलाएर तथा शीलतबजारमा लेदो पन्छाएर एकतर्फी सवारी चलाउने प्रयास गरिए पनि हुग्दी खोलादेखि जवाङ खोलासम्म आधा दर्जन बढी स्थानमा निरन्तर पहिरो खसिरहेकाले आवागमन निकै जोखिमपूर्ण बनेको छ ।
सडक आयोजना र सुरक्षा निकायका अनुसार झरी नरोकिएकाले तत्काल काम गर्न कठिनाइ भइरहेको छ । वर्षा रोकिनासाथ सबै स्थानमा हेभी इक्विपमेन्ट परिचालन गरी पहिरो पन्छाउने तयारी गरिएको छ । बाटो पूर्ण रूपमा नखुलेसम्म यस खण्डमा अत्यावश्यक बाहेकको यात्रा नगर्न र सतर्क रहन प्रशासनले अनुरोध गरेको छ ।
साभार ः काठमाडौं प्रेस
पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले छाड्यो
काठमाडौं, असोज ११ : सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले रिहा गरेको छ। आइतà¤..
3 घन्टा पहिले
मलेखु–मुग्लिङ सडक खण्ड : १० स्थानमा अवरोध, यात्रा नगर्न आà..
काठमाडौं, असाेज ११ : लगातारको वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डका १० भन्दा बढी स्थाà¤..
3 घन्टा पहिले
मिथिलामा ऋषि तर्पणी सम्पन्न
जनकपुरधाम, असोज १० गते । दिवङ्गत पितृहरूप्रति श्रद्धाभाव प्रकट गरेर भोली देखि शुरु हुने सोह्र श्राद्ध भन्दा एक दà¤..
1 दिन पहिले
बाढी–पहिरोका कारण देशभरका प्रमुख राजमार्ग बन्द
काठमाडौं, असाेज १० : निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका राष्ट्रिय राजमार्ग तथा प्रमुख सडकखण्डम..
1 दिन पहिले
कोशी ब्यारेजमा पानीको बहाव २ लाख २९ हजार क्युसेक प्रतिसे..
सुनसरी, असाेज ९ : पूर्वी पहाडि तथा तराईका जिल्लामा भएको लगातार वर्षाका कारणले कोशी नदीमा कोशी ब्यारेज भएर वग्ने पा..
2 दिन पहिले