
१० टिम विश्वकपको नकआउट चरणमा पुगे, थप ६ टिमको छिनोफानो हुन बाँकी
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
.jpg)
काठमाडौं । फिफा विश्वकप फुटबलमा ८ समूहमध्ये ४ समूहका समूह चरणका सबै खेल सकिएका छन् । यससँगै ४ सुमूहबाट ८ टिम नकआउट चरणमा पुगेका छन् भने ८ टिम बाहिरिएका छन् ।अन्य ८ समूहका टिमहरुले १–१ खेल खेल्न बाँकी छ । यी समूहबाट पनि २ टिक नकआउट पुग्ने निश्चित भइसकेको छ तर बाहिरिने टिमको छिनोफानो हुन बाँकी छ ।यससँगै कूल १० टिम नकआउट चरण पुग्ने निश्चित भइसकेको छ । अन्य ६ टिमको छिनोफानो हुन भने बाँकी छ । विश्वकप खेलेका ३२ टिममध्ये १६ टिम नकआउट चरण पुग्छन् भने १६ टिम बाहिरिन्छन् ।समूह ए, बी, सी र डीका सबै खेल सकिएका छन् । यससँगै समूह ए बाट नेदरल्याण्ड्स र सेनेगल नकआउट चरण पुगेका छन् भने इक्वेडर र कतार बाहिरिएका छन् ।समूह बीबाट इङल्याण्ड र अमेरिका नकआउट चरण पुग्दा इरान र वेल्स बाहिरिएका छन् । अब नकआउटमा नेदरल्याण्ड्सले अमेरिकासँग र सेनेगलले इङल्याण्डसँग खेल्नुपर्नेछ ।समूह सीबाट अर्जेन्टिना र पोल्याण्ड नकआउट चरण पुगेका छन् भने मेक्सिको र साउदी अरब बाहिरिएका छन् । समूह डीबाट फ्रान्स र अस्ट्रेलिया नकआउट चरण पुग्दा ट्युनिसिया र डेनमार्क बाहिरिएका छन् ।अब नकआउटमा अर्जेन्टिनाले अस्ट्रेलियासँग र फ्रान्सले पोल्याण्डसँग खेल्नुपर्नेछ । अन्य २ समूहबाट पनि एक–एक टिम नकआउट चरण पुग्ने निश्चित भइसकेको छ तर उनीहरुले कुन टिम प्रतिद्वन्द्वी पाउँछन् भन्ने निश्चित छैन ।समूह जीबाट ब्राजिल र समूह एचबाट पोर्चुगल नकआउट चरण पुगिसकेका छन् । उनीहरु दुवैको छ अंक छ र उनीहरुको समूहमा अर्को एउटा टिमको मात्र ६ अंक पुग्ने सम्भावना छ । त्यसैले जुनसुकै अवस्थामा पनि उनीहरु समूहमा तेस्रो हुने सम्भावना छैन ।एक समूहबाट २ टिम नकआउट चरण पुग्ने भएकोले ब्राजिल र पोर्चुगल नकआउट पुगिसकेका छन् तर उनीहरु आफ्नो समूहमा कुन स्थानमा रहन्छन् र अर्को समूहका टिमहरुको स्थान कस्तो रहन्छ भन्ने निश्चित नभएकोले उनीहरुको प्रतिद्वन्द्वी निश्चित छैन ।यी ४ समूहबाट २ टिम नकआउट पुग्ने निश्चित भइसकेको भए पनि कुनै पनि टिम बाहिरिएको छैन । ४ समूहका १६ वटै टिमसँग नकआउट चरण पुग्न सक्ने सम्भावना छ तर यो कुरा उनीहरुको जीत, गोल अन्तरसँगै समूहको अर्को खेलको नतिजामा निर्भर गर्नेछ ।साभार : डिसी नेपाल

प्रगतिशील गीत संगीतको अध्ययन् जरुरी : मन्त्री पन्त
काठमाडौं, आसर २१ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रगतिशील गीत संगीतले दैनिक जीवनमा पार्ने प्..
5 घन्टा पहिले
राजर्षी जनक विश्वविद्यालय भवन निर्माणमा एमालेले अवरोध ..
जनकपुर, असार २१ : कंग्रेस नेता विमलेन्द्र निधिले राजर्षी जनक विश्वविद्यालयको केन्द्रिय भवन निर्माणमा एमालेका ..
5 घन्टा पहिले
स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज भए
काठमाडौं, असार २० : अस्पताल भर्ना भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल शुक्रबार डिस्चार्ज छन्। स..
1 दिन पहिले
जसपा मधेश प्रदेशका अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी
सर्लाही, असार २० : जिल्ला प्रहरी प्रमुखलाई धम्क्याएको आरोपमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मधे..
1 दिन पहिले
राष्ट्रिय र प्रादेशिक प्रतिभा पुरस्कार पाउनेको नाम घोष..
काठमाडौं ,असार १९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्..
2 दिन पहिले