Janakpurdham
Tue, Sep 09, 2025
`

शाहरुखको डंकीमा बिक्की कौशलदेखि तापसीसम्म

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

मुम्बई। शाहरुख खान यो वर्ष आफ्ना दुई फिल्म जवान र डंकीका कारण निकै चर्चामा छन्। किंग खानका फ्यानहरु उनका दुबै फिल्मको प्रतिक्षामा छन्।जवानको भिएफएक्सको काम अन्तिम चरणमा छ भने डङ्कीको छायांकन चलिरहेको छ। यो चलचित्रलाई बलिउडका दिग्गज निर्देशक राजकुमार हिरानीले निर्देशन गर्दैछन्। राजकुमार हिरानीलाई सधैं ब्लकबस्टर फिल्म दिने यस्ता निर्देशकहरूमा गनिन्छन्।यसैबीच शाहरुख खानको फिल्म डंकीको स्टार कास्ट सार्वजनिक भएको छ। अहिले रेडिटमा एउटा तस्वीर भाइरल भइरहेको छ। जसलाई डंकीको स्टार कास्टको खुलासा भएको छ।

तस्विरमा शाहरुख खान बाहेक अभिनेत्री तापसी पन्नु, बोमन इरानी, ​​सतीश शाह, दिया मिर्जा र विक्की कौशल देखिएका छन्। यो तस्विर मार्फत डंकीको पुरै स्टार कास्ट भएको दाबी गरिएको छ। यद्यपी, डन्कीको पूर्ण स्टार कास्ट निर्माताले आधिकारिक रूपमा खुलासा गरेका छैनन्। तर यो तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।

शाहरुखको फिल्म डंकी यो वर्ष क्रिसमसको अवसरमा रिलिज हुँदैछ। उनका फ्यानहरु लामो समयदेखि फिल्मको प्रतिक्षामा थिए। शाहरुख खानको अघिल्लो फिल्म पठानको कुरा गर्दा यो उनको करियरको अहिलेसम्मकै सबैभन्दा ठूलो ब्लकबस्टर फिल्म बनेको छ। फिल्म पठान यसै वर्ष २५ जनवरीमा हलमा रिलिज भएको थियो। जसले बक्स अफिसमा राम्रो कमाई गरेको थियो । योसँगै कैयौं कीर्तिमान पनि तोडेका छन्।साभार : डिसी नेपाल

`
12 comments
मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयकाे पुष्टि, ..

काठमाडौं , भदौ २३ गते । आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ ..

6 घन्टा पहिले

गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं , भदौ २३ गते। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार जेनजीको गरेको प्रदर्शनका क्रममा प..

6 घन्टा पहिले

काँग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने

काठमाडौँ ,भदौ २२ गते । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरका..

1 दिन पहिले

ऋषि तर्पणीवाट सोह्र श्राद्ध शुरु, गंगासागरमा तर्पण गर्न..

जनकपुरधाम ,भदौ २२ गते । प्रत्येक वर्ष भदौ महिनाको कृष्णपक्ष प्रतिपदा तिथिबाट शुरु हुने सोह्र श्राद्ध शुरु हुनु ..

1 दिन पहिले

सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : योगेश भ..

काठमाडौं, भदौ २१ : सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन..

2 दिन पहिले