Janakpurdham
Thu, Apr 30, 2026
`

‘आदिपुरुष’का लेखकको विवादित बयान- १९०३ सम्म नेपाल भारतकै हिस्सा थियो

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडाैं । विवादी भारतीय चलचित्र आदिपुरुषका पटकथा लेखक मनोज मुंतशिरले नेपालको राष्ट्रियतामाथि धावा बोल्दै विवादित बनान दिएका छन् ।‘सीता भारतकी बेटी’ डायलग नहटाएसम्म नेपालमा कुनैपनि फिल्म प्रदर्शन हुन नदिने अडानकाबीच उनले नेपाल भारतको हिस्सा रहेको बताएका हुन् ।उनले एक टिभी अन्तरवार्तामा भनेका छन्, ‘नेपालको विरोध किन हो म सम्झिरहेको छैन । फिल्ममा देखाइएको कथावस्तु जहिलेको हो त्यो बेला नेपाल भारतको हिस्सा थियो । सन् १९०३ या ४ को कुरा हो नेपाल भारतबाट अलग भएको थियो ।’उनले अन्तरवार्तामा भनेको अंश यस्तो छ, ‘नेपालका विरोध मे समझ नहीँ पाया । जबकि कहानी हे नेपाल भारतका अंश हुवा कर्ता था । तब हम भारतकी बेटी कहेंते हे सीताको तो नेपाल कौन्सा भारतसे अलग था । नेपाल तो भी १९०३ या ४ की बात जब नेपाल भारत से अलग हुवा हे । नेपाल वाज भेरि मच इन्डिया । तो उस सहिसाब से भारतकी बेटी थि सीता ।’उनले अगाडि भनेका छन्, राष्ट्रको रूपमा आज पनि नेपाल र भारत अलग नरहेको टिप्पणी गरेका छन् ।

उनको भनाई जस्तो त्यस्तै

 नेपालले विरोध किन गरिरहेको छ सम्झिरहेको छैन । फिल्ममा देखाइएको कथावस्तु जहिलेको हो । त्यो बेला नेपाल पनि भारतको हिस्सा थियो । सन् १९०३ या ४ को कुरा हो नेपाल भारतबाट अलग भएको थियो । त्यही कारण सीता भारतकी बेटी थिइन् । एक कुरा के भने उनीहरू आज पनि हाम्रो भाइ हुन् । हामी नै हुन । म नेपालका जनताहरूलाई आफूभन्दा अलग मान्दिन । अनि राष्ट्रका हिसाबले आज पनि भारत र नेपाल अलग छैनन् । हुन सक्छ देशका हिसाबले अलग हुन् । हुन सक्छ सीमानामा हिसाबले अलग हुन् ।
साभार : नेपाल प्रेस

`
12 comments
मालपोत कार्यालय सेवा प्रवाहको डिजिटल अनुगमन सुरु

काठमाडौं, वैशाख १६ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूबाट..

23 घन्टा पहिले

जनकपुरधाममा मासुमा ठगी र अस्वस्थकर अभ्यास बढ्दो, उपमहान..

जनकपुरधाम , वैशाख १६ गते ।  दिनप्रतिदिन बढ्दै गएको महँगीका बीच उपभोक्ताले गुणस्तरीय वस्तु नपाउने समस्या झन् गम्..

23 घन्टा पहिले

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौँ, वैशाख १५ : आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि..

2 दिन पहिले

नेपालकाे आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने

काठमाडौं, वैशाख १५ : राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार आर्थिक वर्ष २०८२/८३ ..

2 दिन पहिले

नेता चयन ढिला भयो तर परिपक्व भयो : सभापति थापा

काठमाडौं, वैशाख १४ : नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन्। सोमबार नै बसे..

2 दिन पहिले