Janakpurdham
Thu, Apr 30, 2026
`

नेदरल्यान्ड्ससँग पराजित हुँदा नेपालको विश्वकप सपना सकियो, सुपर सिक्स पुग्न पनि असफल

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । जिम्बाबेमा जारी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदा नेपालको विश्वकप सपनामा पुर्णविराम लागेको छ ।यदि आज नेदरल्यान्ड्सलाई पराजित गरेको खण्डमा नेपाल सुपर सिक्स पुग्ने समीकरण थियो ।टस हारेर ब्याटिङमा खराब सुरुआत गरेको नेपालले ४४.३ ओभरमा अलआउट हुँदै दिएको १६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्दै सुपर सिक्समा स्थान पक्का गर्यो ।नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओ‘ डोवाडले सर्वाधिक ९० रनको उत्कृष्ट इनिङ खेले । उनले गुलशन झाको बलमा बोल्डहुनु अघि, ७५ बल खेल्दै ८ चौका र ४ छक्का प्रहार गरे । विक्रमजित सिंह ३० रनमा पभेलियन फर्कँदा, बास डी लिड ४१ रनमा अविजित रहे ।नेपालको बलिङमा सन्दीप लामिछानेले २ तथा गुलसन झाले १ विकेट लिए ।यसअघि, नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन जोडे । कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २७ रन योगदान गर्दा भीम सार्की २२ रन, गुलशन झा १५ रन, दीपेन्द्रसिंह ऐरी १४ रन र कुशल भल्ल १२ रन योगदान गरेर पेभेलियन फर्किएका थिए ।नेदरल्यान्ड्सको बलिङमा लोगान भान विकले सर्वाधिक ४ विकेट लिए । उनले ९.३ ओभरमा १ मेडन राख्दै २४ रन खर्चिए । बास दी लिदी र विक्रमजित सिंहले दुई/दुई विकेट लिँदा क्लेटन फ्लाृइड र आर्यन दत्तले समान एक विकेट लिए ।नेपाललाई हराएसँगै समूह ए बाट नेदरल्यान्ड्ससँगै वेस्ट इन्डिज र जिम्बाबे सुपर सिक्समा पुगेका छन् । भने, समूह बी बाट श्रृलंका, स्कटल्यान्ड र ओमान सुपर सिक्समा पुगेका छन् ।विश्वकप छनोटको पहिलो खेलमा घरेलु टिम जिम्बावेसँग ८ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । भने, तेस्रो खेलमा जिम्बाबेसँग १ सय १ रनको हार बेहोरेको थियो ।साभार : नेपाल प्रेस

`
12 comments
मालपोत कार्यालय सेवा प्रवाहको डिजिटल अनुगमन सुरु

काठमाडौं, वैशाख १६ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूबाट..

24 घन्टा पहिले

जनकपुरधाममा मासुमा ठगी र अस्वस्थकर अभ्यास बढ्दो, उपमहान..

जनकपुरधाम , वैशाख १६ गते ।  दिनप्रतिदिन बढ्दै गएको महँगीका बीच उपभोक्ताले गुणस्तरीय वस्तु नपाउने समस्या झन् गम्..

24 घन्टा पहिले

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौँ, वैशाख १५ : आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि..

2 दिन पहिले

नेपालकाे आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने

काठमाडौं, वैशाख १५ : राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार आर्थिक वर्ष २०८२/८३ ..

2 दिन पहिले

नेता चयन ढिला भयो तर परिपक्व भयो : सभापति थापा

काठमाडौं, वैशाख १४ : नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन्। सोमबार नै बसे..

2 दिन पहिले