रविना टण्डनकी छोरी पनि फिल्ममा, अजय देवगनसँग डेब्यु गर्दै
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
मुम्बइ । बलिउड अभिनेत्री रविना टण्डनकी छोरी राशा थडानी पनि फिल्ममा डेब्यु गर्न तयार छिन् । आमाजस्तै सुन्दर र निर्दोष देखिने राषा अब चलचित्रमा आफ्नो आकर्षण देखाउन तयार छिन् ।राशा थडानी निर्देशक अभिषेक कपुरको फिल्मबाट डेब्यु गर्दैछिन् । हालै राशालाई उनको अफिस बाहिर देखियो, त्यसपछि यस विषयमा चर्चा सुरु भयो तर अब राशाले अभिषेक कपुरको फिल्मबाट बलिउडमा डेब्यु गर्दैछिन् भन्ने पुष्टि भएको छ ।रस थडानीको यो डेब्यु फिल्म एक्सन–एड्भेन्चर फिल्म हुनेछ, जसको छायांकन छिट्टै सुरु हुँदैछ । यस फिल्मबाट अजय देवगनका भतिजा अमन पनि राषासँग डेब्यु गर्दैछन् ।फिल्ममा अजय देवगन पनि रहने बताइएको छ । फिल्मको नाम भने खुलाइएको छैन तर सन् २०२४ को फेब्रुअरी–मार्चसम्ममा रिलिज हुने बताइएको छ । समाचार अनुसार यो ९ फेब्रुअरी २०२४ मा रिलीज हुन सक्छ। राशि थडानी भर्खर १८ वर्षकी भएकी छिन् र उनले यसै वर्ष स्नातक गरेकी छिन् । राशा राम्रो डान्सर पनि हुन् । आमा रविना टण्डनसँगको उनको तस्बिर सामाजिक सञ्जालमा प्रायः देखी नै रहन्छ ।अमनको कुरा गर्दा उनी अजय देवगनकी बहिनी नीलमका छोरा हुन् । अमनलाई अभिनयको मन छ र उनी चलचित्रमा काम गर्न चाहन्छन् । अभिषेक कपुरले यी दुबै स्टार किड्सलाई लन्च गर्ने जिम्मेवारी लिएका छन् ।यसअघि अभिषेकले सारा अली खानलाई फिल्म केदारनाथमा लन्च गरेका थिए ।साभार : रातोपाटी
अहिंसा, मैत्री, करूणा र प्रज्ञाको सन्देशलाई व्यवहारमा उत..
काठमाडौं, वैशाख १७ : राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्..
26 मिनट पहिले
विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत..
काठमाडौं, वैशाख १७ : नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको..
30 मिनट पहिले
मालपोत कार्यालय सेवा प्रवाहको डिजिटल अनुगमन सुरु
काठमाडौं, वैशाख १६ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूबाट..
1 दिन पहिले
जनकपुरधाममा मासुमा ठगी र अस्वस्थकर अभ्यास बढ्दो, उपमहान..
जनकपुरधाम , वैशाख १६ गते । दिनप्रतिदिन बढ्दै गएको महँगीका बीच उपभोक्ताले गुणस्तरीय वस्तु नपाउने समस्या झन् गम्..
1 दिन पहिले
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
काठमाडौँ, वैशाख १५ : आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि..
2 दिन पहिले