
चर्चामा प्रभासको सालार, टिजरलाई रुचाए फ्यानले
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

मुम्बई । आदिपुरुषपछि प्रभास स्टारर फिल्म सालारको चर्चा अहिले जताततै छ । रिलिज अगावै फिल्मले पाइरहेको माया हेर्दा सालार हिट हुने देखिन्छ । यसैबीच प्रशान्त नील निर्देशित फिल्म सालारको टिजर रिलिज भएको छ, जसको सामाजिक सञ्जालमा तिब्र चर्चा भइरहेको छ । यति मात्र होइन, सालारले विश्व कीर्तिमान पनि हल्लाउन सक्ने फ्यानहरूले प्रतिक्रिया दिँदै आएका छन् । केही फरक गर्ने सोच बनाएर निर्माण पक्षले आज अर्थात असार ६ गते बिहान ५ः१२ बजे टिजर आउने घोषणा गरेर दर्शकमाझ उत्साह बढाएको थियो । टिजरमा दमदार एक्सन र जबरजस्त संवादको झलक देख्न सकिन्छ ।फिल्ममा प्रभास, पृथ्वीराज सुकुमारन, श्रुति हासन, ईश्वरी राव, जगपति बाबु, श्रीया रेड्डीलगायतको अभिनय छ । फिल्म आगामी सेप्टेम्बर २८मा तेलुगु, कन्नड, मलयालम, तमिल र हिन्दीसहित ५ भाषाहरूमा प्रदर्शन हुनेछ।

कांग्रेस केन्द्रीय समिति बैठक चारपाँच दिन चल्ने, यस्तो छ..
काठमाडौं, असार १६ : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अझै चार–पाँच दिनसम्म चल्ने भएकाे छ। साेमबारकाे बैठ..
24 घन्टा पहिले
ओलीलाई प्रधानमन्त्री बनाएकोप्रति शेखरको आपत्ति
काठमाडौं, असार १६ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमालेसँग मिल्दा कांग्रेस नेतृत्वको सरकार बन्नुपर..
1 दिन पहिले
प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक बहुमतले पारि..
काठमाडौं, असार १५ : प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक–२०८२ बहुमतले पारित भएको छ। प्रतिनिधिसभा बैठ..
2 दिन पहिले
सोमबारदेखि शुरु हुने कांग्रेस बैठकका लागि ६ एजेण्डा तय
काठमाडौं, असार १५ : सोमबारदेखि सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका लागि ६ वटा एजेण्डा तय भए..
2 दिन पहिले
कृषि तथा पशुपालनलाई व्यवसायमुखी तथा रोजगारमूलक वनाउनुप..
जनकपुरधाम, १४ असार । जनकपुरधाम उपमहानगरपालिका उपमेयर किशोरी साहले ग्रमिणक्षेत्रका महिलालाई कृषि तथा पशुपालन..
3 दिन पहिले