Janakpurdham
Mon, Sep 08, 2025
`

बढ्दै डेंगु सङ्क्रमणः चार हजार बढीमा पुष्टि ,तीनको मृत्यु

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ, साउन ९ गते । पछिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार ६९ जिल्लाबाट चार  हजार २८९जनामा डेंगु पुष्टि भएको छ । यसै गरी हालसम्म सुनसरी जिल्लाबाट  तीन जना डेंगु सङ्क्रमितको मृत्यु भएको मरासिनीले जानकारी दिनुभयो ।  डा. मरासिनीका अनुसार डेंगु पुष्टि कोशी प्रदेशमा सबैभन्दा बढी छ । सोही प्रदेशमा दुई हजार ७५४ जनामा डेंगु पुष्टि भएको छ । त्यसै गरी, बाग्मती प्रदेशमा ६६७ जना, सुदूरपश्चिम प्रदेशमा ३१६, गण्डकी प्रदेशमा ३४४, लुम्बिनी प्रदेशमा १६६, कर्णाली प्रदेशमा २० र मधेस प्रदेशमा २२ जनामा डेंगु पुष्टि भएको छ । सङ्क्रमित मध्ये ८८ प्रतिशत डेंगु सङ्क्रमित १० जिल्लाबाट छन् । १० जिल्लाबाट तीन हजार ६७१ जनामा डेङगु पुष्टि भएको छ ।  जिल्लाअनुसार सुनसरी दुई हजार ५४२, धादिर्ङमा ४०१, दार्चुला १९०, कास्की २०५, सङ्खुवासभा ६४, काठमाडौँ ८०, कञ्चनपुरबाट ५२,रुपन्देहीमा ४५,म्याग्दीबाट ५४ मोरङबाट ३८ जनामा डेंगु पुष्टि भएको छ ।  डा. मरासिनीका अनुसार चिकित्सकका अनुसार डेंगुको ज्वरो एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । ज्वरो आउने, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु, वाकवाकी लाग्नु, वान्त हुनु डेंगुका प्रमुख लक्षण हुन् । चिकित्सकका अनुसार डेंगु सङक्रमणबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु सङ्क्रमण फैलन नदिन हरेक शुक्रवार बिहान साढे १० बजे सबे  कर्मचारी सहभागी भई सरकारी तथा सार्वजनिक  कार्यालय हालभित्र र वरपर सरसफाइ अभियान सञ्चालन  गर्न निर्देशन दिएको छ । डा. मरासिनीका अनुसार चिकित्सकका अनुसार डेंगुको ज्वरो एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । ज्वरो आउने, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु, वाकवाकी लाग्नु, वान्त हुनु डेंगुका प्रमुख लक्षण हुन् । चिकित्सकका अनुसार डेंगु सङक्रमणबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने  छ । डा‍. मरासिनीका अनुसार सधैँ झुल टाँगेर सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला  भएका  लुगा लगाउने , घरको झ्याल ढोकामा जाली हाल्ने, सम्भव  भएसम्म लामखुट्टे भगाउने  धूप वा मलमको प्रयोग गर्ने । घरपालुवा पशुपक्षी  व्यवस्थित ढङ्गले पाल्ने, घर वरिपरि गमला, टायर वा कुनै पनि खुल्ला  भाँडामा  पानी जम्न  नदिने लामखुट्टेको टोकाइबाट बच्ने उत्तम  उपाय हो ।साभार : गोरखापत्र

`
12 comments
सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : योगेश भ..

काठमाडौं, भदौ २१ : सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन..

23 घन्टा पहिले

जागौं देशवासी! भ्रष्टाचार र छलकपटबाट मुक्ति लिऔं!

–डा. राजीव झा, उपाध्यक्ष, राष्ट्रिय मुक्ति पार्टीनेपालमा अहिले देखिएको राजनीतिक संकट नयाँ होइन। दशकौंयता कांग्..

23 घन्टा पहिले

आलोचना सहन नसकेर इगोका कारण सरकारले सामाजिक सञ्जाल बन्द ..

काठमाडौं, भदौ २१ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा प्रवक्ता मनिष झाले सामाजिक सन्जालमा भएको आलोचना सहन न..

23 घन्टा पहिले

सामाजिक संजाल सम्बन्धि सरकारको निर्णय गलत छ, पुनर्विचार ..

काठमाडौं, भदौ १९ : नेपाली कांग्रेसका महामन्त्री एवम सांसद गगन थापाले सामाजिक सञ्जालको विषयमा सरकारले गरेको निर्ण..

3 दिन पहिले

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय: नागरिक स्वतन्त्रता मा..

जनकपुरधाम, भदौ १९ गते । नेपाल सरकारले हालै गरेको निर्णयले फेरि एक पटक देशभर बहस चर्किएको छ। सरकारले Facebook, YouTube, WhatsApp, Twitter (..

3 दिन पहिले