Janakpurdham
Wed, Jul 02, 2025
`

अक्षय कुमारकाे ओएमजी-२ काे २० सिन काटियाे

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

मुम्बइ। अक्षय कुमार स्टारर फिल्म ‘ओएमजी २’ यतिबेला सेन्सर बोर्डमा फसेको छ। यसैबीच बोर्डको परिमार्जन समितिले फिल्म हेरेको जनाइएको छ।ई–टाइम्सको रिपोर्ट अनुसार समितिले फिल्मलाई २० कटसहित ए–सर्टिफिकेट दिने निर्णय गरेको छ। तर, यस विषयमा निर्मातालाई कारण देखाउ सूचना पनि पठाइएको छ। स्क्रिनिङमा बोर्डका अध्यक्ष प्रसुन जोशी पनि उपस्थित रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।उता दैनिक भास्करसँग भने फिल्मको निर्माण टिमले त्यस्तो केही नभएको बताएका छन्। चलचित्र परिमार्जन समितिले अहिलेसम्म नहेरेको फिल्म टोलीले जनाएको छ। समितिले आज २६ जुलाइमा हेरेर थप निर्णय गर्नेछ। तर, अहिलेसम्म यस विषयमा निर्माताको आधिकारिक धारणा आएको छैन। यस्तो अवस्थामा फिल्म अहिले कुन अवस्थामा छ ? भन्ने अनुमान गर्न गाह्रो छ।अचम्मको कुरा के छ भने फिल्म रिलिज हुन १६ दिन मात्र बाँकी रहे पनि बोर्डबाट ‘क्लियरन्स’ भने आउन सकेको छैन। यस्तो अवस्थामा यो विवादका कारण फिल्मको प्रचारप्रसारमा असर परिरहेको छ।ओएमजी २’ अगस्ट ११ मा रिलिज हुँदैछ। हालै फिल्मको गीत पनि रिलिज भएको थियो, जसमा रिलिज मिति भने उल्लेख गरिएको थिएन। अहिले बिदामा रहेका अक्षय कुमारले फिल्मको हलको मिति तय गर्ने विश्वास गरिएको छ।वास्तवमा यो फिल्म यौन शिक्षा जस्ता बोल्ड विषयमा आधारित छ। यस्तो अवस्थामा सेन्सर बोर्डले  ‘ओएमजी २’ समीक्षा समितिमा पठाएको छ। समीक्षा समितिको जवाफपछि सेन्सर बोर्डले फिल्मको भाग्य तय गर्नेछ।साथै, बिबादका कारण ओएमजी २ को ट्रेलर पनि रिलिज हुन सकेको छैन। सेन्सर बोर्डबाट २७ गतेसम्म ‘क्लियरन्स’ नआएमा यो ट्रेलर पनि जुलाई ३१ सम्ममा रिलिज गर्ने तयारीमा छन्।यो फिल्म २०१२ मा रिलिज भएको परेश रावल र अक्षय कुमार स्टारर फिल्म  ‘ओएमजी’ को सिक्वेल हो। उक्त फिल्ममा अक्षयले श्रीकृष्णको भूमिका निभाएका थिए।साभार : डिसी नेपाल

`
12 comments
कांग्रेस केन्द्रीय समिति बैठक चारपाँच दिन चल्ने, यस्तो छ..

काठमाडौं, असार १६ : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अझै चार–पाँच दिनसम्म चल्ने भएकाे छ। साेमबारकाे बैठ..

23 घन्टा पहिले

ओलीलाई प्रधानमन्त्री बनाएकोप्रति शेखरको आपत्ति

काठमाडौं, असार १६ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमालेसँग मिल्दा कांग्रेस नेतृत्वको सरकार बन्नुपर..

1 दिन पहिले

प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक बहुमतले पारि..

काठमाडौं, असार १५ : प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक–२०८२ बहुमतले पारित भएको छ।  प्रतिनिधिसभा बैठ..

2 दिन पहिले

सोमबारदेखि शुरु हुने कांग्रेस बैठकका लागि ६ एजेण्डा तय

काठमाडौं, असार १५ : सोमबारदेखि सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका लागि ६ वटा एजेण्डा तय भए..

2 दिन पहिले

कृषि तथा पशुपालनलाई व्यवसायमुखी तथा रोजगारमूलक वनाउनुप..

जनकपुरधाम, १४ असार । जनकपुरधाम उपमहानगरपालिका उपमेयर किशोरी साहले ग्रमिणक्षेत्रका महिलालाई कृषि तथा पशुपालन..

3 दिन पहिले