ऋतिक रोशन आफनो फिटनेश ट्रेनरलाई दिन्छन् मासिक ३२ लाख
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
मुम्बई, भदौ १९ गते । लाखौं सुन्दरीहरू आकर्षित हुने ऋतिक रोशनको मांसपेशी शरीरका लागि उनले कति मेहनत र पैसा खर्च गर्छन्? के तपाईंले अनुमान गर्नु भएको छ?हरेक दिन अभिनेता सामाजिक सञ्जालमा आफ्नो फिटनेससँग सम्बन्धित पोस्टहरू सेयर गरिरहन्छन्। आइतबार पनि उनको सिक्स प्याक एब्ससहितको तस्बिर बाहिर आएको थियो। यो तस्बिरको क्याप्सनमा उनले लेखेका छन्, ‘मैले फिनिश लाइन देख्न सकिरहेको छैन।’अनिल कपुरदेखि प्रीति जिन्टा र करण सिंह ग्रोवरसम्मका धेरै सेलिब्रेटीहरूले उनको पोस्टमा टिप्पणी गरेका छन्। उनकी प्रेमिका सबा आजाद र पूर्व पत्नी सुजैन खानले पनि प्रतिक्रिया दिएकी छिन्।आफ्नो अर्को फिल्म ‘फाइटर’का निर्देशक सिद्धार्थ आनन्दले ऋतिकको यो तस्बिरमा कमेन्ट गरेका छन्–‘म तिमीलाई भोलि सेटमा आउँदा फिनिश लाइन देखाउने छु।’ऋतिक रोशनलाई सधैं उद्योगको फिटनेस आइकन मानिन्छ। उनका ७३ वर्षीय बुबा राकेश रोशन र ६८ वर्षीया आमा पिंकी रोशन पनि फिटनेस फ्रिक हुन्। ऋतिक रोशनको यो पोस्ट पछि धेरै मिडिया रिपोर्टमा दाबी गरिएको छ कि उनले आफ्नो पर्सनल ट्रेनर क्रिस गेथिनलाई हरेक महिना भारतीय २० लाख रुपैयाँ (नेपाली ३२ लाख) तलब दिने गरेका छन्।हालै बलिउडका ह्यान्डसम हङ्क ऋतिक रोशनले आफ्नो फिटनेस ट्रेनरसँग अन्तर्वार्ता दिएका छन्। जसमा उनले भनेका छन्, ‘मेरो परिवर्तन कुनै फिल्मको लागि होइन। म रमाईलो जीवनशैलीमा बानी परिरहेको छु ताकि म यसलाई मेरो बाँकी जीवनको लागि पछ्याउन सकूँ।‘जब म युद्धको चलचित्र गर्न जाँदै थिएँ, म मर्छु कि जस्तो लाग्थ्यो। म त्यो फिल्मका लागि शारीरिक रूपमा फिट र तयार थिइनँ तर अब म सधैं पूर्ण र फिट हुन चाहन्छु।’यदि ऋतिक रोशनको वर्कफ्रन्टको कुरा गर्ने हो भने उनको अर्को फिल्म ‘फाइटर’ हो। यो फिल्मको छायांकन पनि चलिरहेको छ। उनी बाहेक फिल्ममा दीपिका पादुकोण पनि छिन्। सिद्धार्थ आनन्दको निर्देशनमा बन्न लागेको यो चलचित्र बहुप्रतिक्षित छ।यसअघि ऋतिक रोशनले सिद्धार्थ आनन्दसँग ‘ब्याङ-ब्याङ’ र ‘वार’ गरिसकेका छन्।साभार : डिसी नेपाल
मालपोत कार्यालय सेवा प्रवाहको डिजिटल अनुगमन सुरु
काठमाडौं, वैशाख १६ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूबाट..
23 घन्टा पहिले
जनकपुरधाममा मासुमा ठगी र अस्वस्थकर अभ्यास बढ्दो, उपमहान..
जनकपुरधाम , वैशाख १६ गते । दिनप्रतिदिन बढ्दै गएको महँगीका बीच उपभोक्ताले गुणस्तरीय वस्तु नपाउने समस्या झन् गम्..
23 घन्टा पहिले
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
काठमाडौँ, वैशाख १५ : आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि..
2 दिन पहिले
नेपालकाे आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने
काठमाडौं, वैशाख १५ : राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार आर्थिक वर्ष २०८२/८३ ..
2 दिन पहिले
नेता चयन ढिला भयो तर परिपक्व भयो : सभापति थापा
काठमाडौं, वैशाख १४ : नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन्। सोमबार नै बसे..
2 दिन पहिले