जनकपुरधामबाट भारतीय किशोरी पेस्तोलसहित पक्राउ
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,कार्तिक ८ गते । जनकपुरधामस्थित रेल्वे स्टेशन नजिकै रहेको हनुमान मन्दिरबाट पेस्तोलसहित एक भारतीय किशोरी पक्राउ परेकी छन् ।पक्राउ पर्नेमा भारतको बिहार राज्यमा पर्ने लकीसराई ग्रामपञ्चायत बडीपोखरी -९ का पप्पु सहनीको १६ वर्षीया नाबालिग छाेरी छन् । उनको साथबाट कटुवा पेस्तोल एक थान, भारतीय कम्पनीको एउटा सिम र केहि नेपाली रुपैयाँ नगद बरामद भएको छ ।रेल्वे सुरक्षा बेश जनकपुरबाट खटेको सशस्त्र प्रहरीका डिएसपी खड्क बहादुर शाहीको टोलीले विशेष सूचनाको आधारमा चेकजाँच कटुवा पेस्तोल बरामद भएपछि उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।उनी पेस्तोल बोकेर नेपाल किन आएको विषयमा केहि खुल्न सकेको छैन् । अनुसन्धान तथा कारबाहीका लागि उनलाई नेपाल प्रहरीको जिम्मा लगाउने सशस्त्रका डिएसपी शाहीले जानकारी दिए ।साभार : नेपाल प्रेस
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
18 घन्टा पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
18 घन्टा पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
2 दिन पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
2 दिन पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
3 दिन पहिले