Janakpurdham
Tue, Mar 24, 2026
`

अन्धविश्वासमा पर्दा इञ्जिनियरकै श्रीमती बलात्कृत, धामी पक्राउ

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,कार्तिक १२ गते ।  झारफुक गरी भूत भगाइदिने भन्दै महिलालाई बलात्कार गरेको आरोपमा धामी पक्राउ परेका छन् ।पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका- ११ का ३५ वर्षीय विष्णुदेव ठाकुर छन् । पीडितले दिएको उजुरीको आधारमा उनलाई कार्तिक १० गते पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।स्रोतका अनुसार भूतले छोप्न आउने गरेको भन्दै पीडित महिलाले धामी गुहारेकी थिइन् । धामीले दसैँको महाअष्टमीको दिन झारफुक गरेपछि भूत भाग्ने आश्वासन दिए । सोही दिन धामीले राति सबैलाकै एक मसानघाटमा लगेर महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।पीडित महिला विवाहित छन् । उनका श्रीमान इन्जिनियर छन् । तर, अन्धविश्वासमा परेपछि उनी बलात्कारको शिकार भइन् । झारफुक गराउन इन्जिनियर आफैं श्रीमतीलाई लिएर धामीकहाँ पुगेका थिए ।धामीले भने गोप्य ठाउँमा झारफुक गर्नुपर्छ भनेर महिलालाई एक्लै मसानघाट लगेका थिए । मसानघाटमा धामीले बलात्कार गरेपछि महिला बेहोस भइन् । त्यसपछि धामी भागे । समय धेरै लागेपछि खोज्न गएका श्रीमानले श्रीमतीलाई बेहोस अवस्थामा फेला पारे र अस्पताल लगेका थिए ।डीएसपी अवाले घटनाका विषयमा थप अनुसन्धान अगाडि बढाइएको बताए ।साभार : नेपाली प्रेस

`
12 comments
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

17 घन्टा पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

17 घन्टा पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

2 दिन पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

2 दिन पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

3 दिन पहिले