१७ लाख मूल्य बराबरको अवैध मालसामान बरामद
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
ढल्केबर, कात्तिक १४ गते । सशस्त्र प्रहरी कार्यालय धनुषाले १७ लाखभन्दा बढीको अवैध मालसामान बरामद गरेको छ । जिल्लाको मिथिला नगरपालिका–९, बडहरीबाट सोमबार साँझ १७ लाख ३० हजार रुपियाँ मूल्य बराबरको अवैध मालसामान सशस्त्र प्रहरीले बरामद गरेको हो ।विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोली र राजस्व भन्सार कार्यालय जनकपुरको टोलीले १४ लाख ८० हजार रुपियाँ मूल्य बराबरको दुई हजार नौ सय ६० थान मोबाइलको डिस्प्ले र दुइ लाख ५० हजार रुपियाँ मूल्य बराबरको तीन सय ३३ थान कुर्ता सुरुवाल बरामद गरिएको सशस्त्र प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।बरामद गरिएका सो मालसामान आवश्यक कारवाहीका लागि राजस्व भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।साभार : गोरखापत्र
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
17 घन्टा पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
17 घन्टा पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
2 दिन पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
2 दिन पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
3 दिन पहिले