Janakpurdham
Tue, Mar 24, 2026
`

जनकपुरमा मदिरा सेवन गरी कुटाकुट गर्ने पाँच भारतीय युवक पक्राउ

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,कार्तिक १९ गते ।  जनकपुरधाम उपमहानगरपालिका ३ मा मदिराको नशामा आफैमा कुटाकुट गर्ने पाँच भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।भारत विहारको सितामढी जिल्लाका २५ वर्षीय सोनु कुमार, सोही ठाउँका ३१ वर्षीय सुरज राय, २२ वर्षीय महेश कुमार सिंह, उमेर नखुलेका हिमांशु शेखर र प्रभाकर नामका युवक पक्राउ परेका हुन् ।धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले मदिरा खाएर आफैँमा कुटाकुट गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएको बताए ।उनका अनुसार दुई जना घाइते पनि छन् । बढी चोट लागेका प्रभाकरको उपचार प्रहरी निगरानीमा जनकपुरकै चन्द्रकला अस्पतालमा भइरहेको छ ।‘पाँचै जना भारतीय नम्बर प्लेटकै चारपाङ्ग्रे गाडीमा थिए’, डिएसपी अवाले भने, ‘जलेश्वरतर्फ जाने क्रममा झगडा गरेछन् । स्थानीयले जानकारी गराएपछि जिरोमाइलबाट प्रहरी पुगेर उनीहरूलाई गाडीसहित नियन्त्रणमा लियो ।’सामाजिक सञ्जालमा केहि व्यक्तिले पक्राउ परेका भारतीयहरूलाई अपहरणकारी भनेका छन् । यसबारे डिएसपी अवाले भने, ‘अपहरणकारी होइन, मदिरा सेवन गरी कुटाकुट गरेको अहिले खुलेको छ । थप अनुसन्धान भइरहेको छ ।’भारतको विहार राज्यमा मदिरा निषेध छ । त्यसैले विहारका मानिस नेपाली बजारमा आएर मदिरा सेवन गर्छन् । पछिल्लो समय यहाँ घटेका अधिकांश घटनामा भारतीय नागरिक र गाडी अपराधिक क्रियाकलापमा संलग्न रहने गरेको देखिएको छ ।साभार : नेपाल प्रेस

`
12 comments
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

16 घन्टा पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

16 घन्टा पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

2 दिन पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

2 दिन पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

3 दिन पहिले