Janakpurdham
Tue, Mar 24, 2026
`

योजना तर्जूमामा युवाको भुमिका सम्बन्धी तालिम सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,कार्तिक २१ गते । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकाका २० जना युवाहरुलाई स्थानीय तहको योजना तर्जुमा सहभागीताका सम्बन्धमा तीन दिवसीय तालिम सोमबार सम्पन्न भएको छ । स्थानीय तहमा हुने विकास निर्माणका काम लगायतका विभिन्न प्रकारका क्रियाकलापहरुमा युवाहरुको सहभागीताको कमिका कारण लक्षित वर्गको बजेट अन्य विषयमा खर्च भईरहदा युवाहरुको विकासमा समस्या भईरहेको बेलामा प्लान इन्टरनेसनल नेपालको सहयोगमा सामुदायिक परिवार कल्याण संघको आायेजनामा स्थानीय युवाहरुलाई सो तालिम प्रदान गरिएको छ । सो तालिममा सहभागी भएका युवाहरुले यो तालिम पछि अब वडास्तरमा हुने योजना तर्जुमा बैठकमा सहभागी भई युवा लक्षित बजेट बनाउन आफुहरुले जनप्रतिनिधि समक्ष पैरवी गर्ने बताएका छन् ।सो तालिममा सहभागीहरुलाई प्रशिक्षक किशोर कुमार कर्णले प्लानपरिवारका सदस्य तथा परिवर्तनका सम्बाहक सीओसीका युवाहरुलाई सो तालिम प्रदान गर्नुभएको थियो । संघका कार्यक्रम संयोजक यमलाल साशंकरले तालिममा सिकेका कुरालाई अगामी दिनमा स्थानीय तह संग समन्वय गरी योजना निर्माण प्रक्रियामा सहभागी भई युवा लक्षित बजेट ल्याउन पहल गर्न सहभागी युवाहरुलाई आग्रह गर्नुभयो । सहभागीहरुलाई बजेट निर्माण प्रक्रिया र चरणहरुमा बारेमा सिकेका कुरालाई पालिकाको विभिन्न समिति संग मिलेर कार्यान्वयनमा ल्याउन भुमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

`
12 comments
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

15 घन्टा पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

15 घन्टा पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

2 दिन पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

2 दिन पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

3 दिन पहिले