Janakpurdham
Tue, Mar 24, 2026
`

डाँका मुद्दाका दुई आरोपी भाग्न खोज्दा प्रहरीले गोली हानेर पुन: नियन्त्रणमा लियो

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,कार्तिक २९ गते ।  डाँका मुद्दाका दुई आरोपीलाई रौतहटबाट पक्राउ गरी महोत्तरी ल्याउने क्रममा भाग्न खोज्दा प्रहरीले गोली चलाएको छ ।गोली लागेर सर्लाहीको लालबन्दी नगरपालिका २ का ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवान घाइते भएका छन् । उनी दुबै जनालाई पुनः नियन्त्रणमा लिएर महोत्तरी ल्याइएको छ ।महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलीप गिरीका अनुसार शक्ति र अजयको बायाँ खुट्टाको तिघ्रामा गोली लागेको छ । अहिले दुबै जनाको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ ।गत कात्तिक २० गते राति महोत्तरीको जलेश्वर नगरपालिका ८ का  भुवनेश्वर चौधरीको घरमा हतियारधारी समूहले डकैती गरेको थियो । उक्त घटनामा शक्ति र अजयसहितका व्यक्तिको संलग्नता रहेको भन्दै प्रहरी खोजी गरिरहेको थियो ।उनीहरु रौतहटमा लुकेर बसेको सुराक पाएका महोत्तरी प्रहरीले सहायक निरीक्षक रामेश्वरप्रसाद यादवकोे कमाण्डमा टोली पठायो । उक्त टोलीले शक्ति र अजयलाई गरुडा नगरपालिका ४ बाट नियन्त्रणमा लियो ।महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले शक्तिको साथबाट एक थान कटुवा पेस्तोल र चार राउण्ड गोली समेत बरामद भएको बताएका छन् ।उनी दुबै जनालाई आवश्यक कारबाहीका लागि महोत्तरी ल्याउने क्रममा प्रहरीको गाडी बिग्रेयो । त्यसपछि प्रहरीले बोलाएको अर्को गाडीमा राख्न खोज्दा उनीहरु भाग्न खोजेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।साभार : नेपाल प्रेस

`
12 comments
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

14 घन्टा पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

14 घन्टा पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

2 दिन पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

2 दिन पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

3 दिन पहिले