Janakpurdham
Tue, Mar 24, 2026
`

सीताराम विवाह पञ्चमीको तयारी सुरु, सात दिनसम्म मनाइने

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,मंसिर १३ गते ।  त्रेतायुगमा भगवान राम र माता सीताबीच भएको विवाहको स्मरणमा जनकपुरधाममा भव्यताका साथ मनाइने विवाह पञ्चमीको तयारी सुरु भएको छ ।विवाह पञ्चमी यसवर्ष पनि सात दिनसम्म महोत्सवको रुपमा मनाइने जानकी मन्दिरका सहायक महन्त रामरोषण दास ‘वैष्णव’ले जानकारी दिए । उनका अनुसार मंसिर २६ गते पहिलो दिन ‘नगर दर्शन’ कार्यक्रम हुनेछ । भगवान राम पहिलोपटक मिथिला राजधानी जनकपुरधाम आएको सम्झनामा ‘नगर दर्शन’ कार्यक्रम गरिन्छ ।विवाह महोत्सवको साताव्यापी कार्यक्रम अन्तर्गत मंसिर २७ गते फूलवारी लीला, २८ गते धनुष यज्ञ, २९ गते तिलकोत्सव, ३० गते मटकोर र पुस १ गते स्वयंवर तथा विवाह उत्सव आयोजना गरिनेछ । पुस २ गते रामकलेवा पश्चात विवाह पञ्चमी विधिवत समापन हुनेछ ‌।त्रेतायुगमा भगवान रामले शिव धनुषलाई भाँच्न सफल भएपछि माता सीतासँग विवाह भएको प्रसङ्ग रामायणमा उल्लेख छ । धनुष यज्ञ, तिलकोत्सव, मटकोर र स्वंयवर जस्ता विवाहको सबै विधि अपनाउँदा त्रेतायुगकै झझल्को दिन्छ ।सीताराम विवाह पञ्चमी महोत्सव हरेकवर्ष जानकी मन्दिरले नै आयोजना गर्छ । यो महोत्सवमा सहभागी हुन भगवान रामको जन्मभूमि अयोध्याबाट सयौं साधुसन्त जन्तीको रुपमा आउने गर्छन् ।साभार : नेपाल प्रेस

`
12 comments
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

11 घन्टा पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

11 घन्टा पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

2 दिन पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

2 दिन पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

3 दिन पहिले