फुड फेस्टिवलमा मिथिला परिकार
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, मंसिर २९ गते । हरेक वर्ष झैं यस वर्ष पनि विवाह पंचमीको अवसरमा मोडर्न नेपाल इङ्गलिस मेडियम बोर्डिङ्ग स्कुलले फूड फेस्टिबल को आयोजना गरेको छ । नेपाली काँग्रेसका नेता एवं प्रदेश सभा सदस्य रामसरोज यादवको प्रमुख आतिथ्य र जनकपुरधाम उप महानगर पालिका का मेयर मनोज साह विशिष्ट अतिथि रहनु भएको कार्यक्रममा मैथिली बिकास कोषका अध्यक्ष जिवनाथ चौधरी , रामानन्द युवा क्लबका निवर्तमान अध्यक्ष मनमोहन साह , नेपाली काङ्ग्रेस का युवा नेता चन्दन राय को पनि उपस्थिति रहेको थियो । वर्ष भरी मििथिलामा मनाइने पर्व र त्यसमा पकाइने पकवानको परिकार विभिन्न समुहमा बिभक्त भइ निर्माण गरेका थिए। जसमा बिरयानी हाउस, चौठी चान किचेन हाउस, तिलकुट किचेन हाउस, मिथिला भोजन ( जुरसितल बिशेष ) , छठ किचेन हाउस , होलिका किचेन गरि छ ओटा समूह रहेको थियो। जसमा प्रत्येक समुहमा एक एक टिम लिडर , एक जना शिक्षक टिम मेन्टर गरि ा प्रत्येक समुहमा कक्षा एक देखि १० सम्मका १५-२० जना सदस्य रहेका थिए । निर्णायक मण्डलमा माननीय रामसरोज यादव र जिवनाथ चौधरी ले निर्णय गरि प्रथम तिलकुट किचेन हाउस , दोस्रो मिथिला भोजन ( जुड सितल विशेष ), तेस्रो चौठी चान किचेन हाउस र बिरयानी हाउस ले स्थान हासिल गरेको जानकारी गराएका थिए।
.jpg)
.jpg)
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
10 घन्टा पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
10 घन्टा पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
1 दिन पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
1 दिन पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
2 दिन पहिले