राम–सिता विवाह सम्पन्न, आज राम कलेवा
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
धनुषा, पुस २ : रंगभूमि मैदान (वरहविघा)मा स्वयंवर र रात्रिकाल जानकी मन्दिरमा बनाइएको भव्य विवाह मंडपबीच रामसीता विवाह सम्पन्न भएको छ।त्रेताकालमा मिथिलाका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि वैवाहिक समारोह मनाइएको छ।अयोध्याबाट सीता र रामको डोला ल्याई आएका जन्तीको उपस्थिति र श्रद्धालुको सहभागितामा आइतवार स्थानीय रंगभूमि मैदानमा स्वयम्बर समारोह गरिएको थियो।ढोल पिपही, सहनाई, बैन्डबाजासहित रंगभूमि मैदान पुगेको रामसीताको डोलाबीच मालाफेर हुँदा नेपाली सेनाको हेलिकप्टरले आकाशबाट पुष्पवृष्टि गरेको थियो।नेपाली शेनाका महिला सांगीतिक समूहले डोला नगर परिक्रमा गÞरी राखदा पञ्चे बाजा समेत बजाएका थिए। साँझ जानकी मन्दिर प्रांगणमा बनाइएको भव्य मण्डपमा मिथिला परम्पराअनुसार सीता र रामको विवाह भएको छ।यस्तै एक सातासम्म चलेको विवाहपञ्चमीको अन्तिम दिन आज राम कलेवा हुँदैछ।रामकलेवामा जानकी मन्दिरमा विशेष भण्डारा (भोज को आयोजना गरी विहेमा जन्तीको रूपमा आएका पाहुनाहरुलाई भोजन गराइन्छ। भोजन पश्चात् आज साधु सन्त लाई दक्षिणा प्रदान गरी बिदा गर्ने परम्परा छ।विवाहपञ्चमी महोत्सव आज रामकलेवा भएसँगै सकिनेछ।साभार : काठमाडौं प्रेस

मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
10 घन्टा पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
10 घन्टा पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
1 दिन पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
1 दिन पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
2 दिन पहिले