वृद्ध हत्याको विरोधमा धनुषाको हंसपुर प्रहरी चौकी तोडफोड, गोली लागेर एकजना घाइते
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,पुष ६ गते । धनुषाको हंसपुर नगरपालिका-५ मा दुई समूहको विवादपश्चात एकजनाको मृत्यु भएको विषयलाई लिएर स्थानीयले प्रहरी चौकी तोडफोड गरेका छन् ।सयौंको संख्यामा रहेका स्थानीयले प्रहरी चौकी तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरूले ढुंगामुढासमेत गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।प्रहरीको गोली लागेर प्रदर्शनकारी शिवशंकर मण्डल घाइते भएका छन् । एमाले कार्यकर्ता मण्डललाई उपचारका लागि अहिले जनकपुरधाम ल्याइँदैछ ।हंसपुर नगरपालिका-५ का शंकर ठाकुरको छोरा र अरुण मण्डलको छोराबीच झगडा हुँदा छिमेकी दीपा मण्डल छुट्याउन पुगेका थिए । तर, ६५ वर्षीय मण्डल नै कुटिए ।‘छुट्याउन गएका मण्डलकै टाउको फोडियो,’ हंसपुरका मेयर प्रदीप यादवले भने, ‘तर टाउको कसले फोड्यो थाहा भएन । उनी प्रहरी कार्यालय पनि पुगेका थिए । पछि उपचार गराउन अस्पताल गए । उपचारको क्रममा उनको मृत्यु भएको जानकारी पाएको छु ।’मण्डलको मृत्यु प्रहरीले कुटेर भएको भन्दै स्थानीयले प्रहरी चौकी तोडफोड गरेको बताउँदै मेयर यादवले भने, ‘गाउँलेले प्रहरीमाथि आरोप लगाएपनि यसको पुष्टि भएको छैन । यो रातिको घटना हो ।’उनका अनुसार मृतक मण्डलको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।धनुषाका प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले चोरीको विषयमा दुई पक्षबीच विवाद भएपछि एकजनाको मृत्यु भएको र सोही विषयलाई लिएर स्थानीयले प्रहरी चौकी तोडफोड गरेको बताए ।उनले भने, ‘अहिले त्यहाँको अवस्था तनावग्रस्त छ । थप प्रहरी पठाएका छौं । म पनि उतै लागेको छु ।’साभार : नेपाल प्रेस

मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
9 घन्टा पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
9 घन्टा पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
1 दिन पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
1 दिन पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
2 दिन पहिले