मधेशमा शितलहर: जनजीवन प्रभावित, आगाे तापेर दिन काट्दै सर्वसाधारण
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,पुष १४ गते । धनुषा, सिरहा, सप्तरी, महोत्तरीलगायतको जिल्लामा शितलहर सुरु भएको छ । शितलहरसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको हो ।दिउँसोसम्म घाम लागेको छैन। शितलहल चलेसँगै मानिसहरु घरबाहिर निस्कन सकेका छैनन् । बजार तथा शहरमा मानिसको चलहपहल निक्कै कम भएको छ । मानिसहरु घुरा (आगो) बालेर दिन काट्न बाध्य छन् । शितलहरबाट बालबालिका, बृद्धबृद्धा तथा पशुचौपाया प्रभावित बनेका छन् । शितलहरमा मधेशका जिल्लामा हरेक वर्ष दर्जनौं गरिब विपन्नले बाक्लो लुगाकै अभावमा ज्यान गुमाउँछन् ।स्वास्थ्यकर्मी निरञ्जन शाक्यका अनुसार सामान्यतया मानिसको शरीरको तापक्रम ३७ डिग्री सेन्टिग्रेट हुनुपर्छ । तापक्रम घट्दै गएपछि सबै अंगले राम्ररी काम गर्न सक्दैनन् । यस्तो अबस्थामा स्वस्थ मानिसलाई पनि गाह्रो पर्ने र मृत्यु हुने गर्छ ।शितलहरबाट जोगिन बाक्लो लुगा लगाउन र मन तातो झोल खानुपर्ने उनको सुझाव छ । ‘बालबालिका बुढाबुढी र दिर्घरोगीको बढी ख्याल गर्नुपर्छ । धेरै बाहिर निस्कन हुँदैन,’ उनले भने ।साभार : नेपाल प्रेस
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
8 घन्टा पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
8 घन्टा पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
1 दिन पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
1 दिन पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
2 दिन पहिले