Janakpurdham
Tue, Mar 24, 2026
`

‘सपना परियोजना’बाट हजुरआमाहरु पनि पोषण सम्बन्धी जानकार बन्दैै

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, २० गते पुस । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं.४ खजुरीकी सकिला खातुन अचेल व्यक्तिगत सरसफाईका साथ आफ्ना नातिनातिनीहरुलाई घरमै बनाएर पोषणयुक्त खाना खुवाउनु हुन्छ । पहिला सरसफाईमा खासै ध्यान नदिने सकिला सपना परियोजना अन्तरगत तालिम पाएर घासभुसा गरेपछि साबुन पानीले नियमित हात धुने नातिनातिनीहरुको लुगा सफाई गर्ने देखि घरमै बनाएको पोषणयुक्त खाना खुवाउनु हुन्छ । उहाँ भन्नु हुन्छ,‘बच्चालाई बाहिरको पाकेटको खाना खुवाउदिन, घरमै चामल भटमास, तरकारीहरुबाट बनाएको परिकार खुवाउछु । यसले उनिहरुको स्वास्थ्यमा प्रभावकारी असर देखिएको छ ।’उहाँ पहिला नसिकेकाले आफ्नो पालामा छोराछोरीलाई खासै सफाईमा ध्यान नदिएपनि यो परियोजनाको कारणले नातिनातिनीलाई सरसफाईका साथै पोषण युक्त खाना पकाउदा खुसी महसुश भईरहेको बताउनु भयो ।
सामाजिक विकास र अनुसन्धान केन्द्रले प्लान इन्टरनेशनलको साझेदारीमा संचालन गरेको बालबालिकाको लागी सपना परियोजना अन्तरगत सकिला खातुन जस्तै अन्य महिलाहरुमा समेत बालबालिकाको स्याहारसुसार लगायतका उनिहरुको सर्वाङिगन विकासमा ध्यान दिईरहेका छन् । गाँउमा यो परियोजना आए देखि बालबिबाहमा कमि आएको, जन्मदेखि २ वर्ष सम्मका बालबालिकाहरुको पोषण देखि समयमा खोप दिने,घरवरिपरि हुने दुर्घटनाहरुबाट नानीहरुलाई बचाउने लगायतका कामका जानकारी परियोजनामा सहभागी भएका महिलाहरु बताउछ्न । बालबालिका शारिरिक, मानसिक विकाससंग लक्षित कार्यक्रममा सहभागी भएपछि सकिलाले नातिनातिनीलाई राम्ररी हुर्काउन सहज बनेको छ ।
परियोजनाले गर्दा सकिलाको क्षमता अभिवृद्धि समेत भैरहेको छ । बालबालिकाको सपना परियोजनाले खजुरीका अन्य महिलाहरुको जिवनशैलिमा समेत परिवर्तन भएको देखिन्छ । बालबालिकाको सपना परीयोजनाका संयोजक बिवश श्रेष्ठका अनुसार बालबालिकाको सर्वाङ्गीन विकासका लागी आमा बुवाले के कस्तो कुरामा ध्यान दिन आवश्यक छ, भन्ने जानकारी महिलाहरुमा भईरहेको छ । यो परियोजना धनुषा जिल्लाको बिदेह नगरपालिका र जनकनन्दिनी गाउँपालिकामा संचालनमा छ ।

`
12 comments
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

7 घन्टा पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

7 घन्टा पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

1 दिन पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

1 दिन पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

2 दिन पहिले