Janakpurdham
Tue, Mar 24, 2026
`

बरहथवा गोलीकाण्ड: दोषीमाथि कडा कारबाही गर्ने सिडिओको प्रतिबद्धता

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,पुष २१ गते ।  सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले बरहथवामा प्रहरीको गोली लागेर युवा व्यवसायी जयशंकर प्रसाद साहको मृत्यु भएको घटनाका दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहेका प्रजिअ धमलाले स्थानीयवासीसँग संयमता अपनाउन अपिल गर्दै सत्यतथ्य छानविन गरी दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले मानवीय क्षतिको उचित सम्बोधनको प्रतिवद्धता व्यक्त गरेका छन् ।उक्त घटनालाई लिएर थप अप्रिय घटना घटन नदिनेतर्फ जिल्ला सुरक्षा समिति संवेदनशील रहेको व्यहोरा उनको अपिलमा उल्लेख छ ‌। वार्ता र संवादको माध्यमबाट समस्या समाधानको पहल भईरहेको उनको भनाई छ ।मृतक साहको शव अहिलेसम्म सडकमै छ । पीडित परिवारले साहलाई शहिद घोषणा, बरहथवाका मेयर र गोली चलाउनेलाई कारबाही, प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गरी मृतकको नामबाट नामाकरण र शालिक निर्माण गर्नुपर्नेसहितका माग राखेका छन् ।वडा नम्बर ५ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती विषयमा जनप्रतिनिधिबीच विवाद चर्केपछि शुक्रवार ५ दलले आन्दोलन गरेको थियो । आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाउँदा व्यवसायी साहलाई लागेपछि तत्कालै मृत्यू भयो ।मृतक साह आन्दोलनमा थिएनन् । आन्दोलन अझ उग्ररुप लिएपछि प्रशासनले आज विहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको थियो । आज विहान ८ बजेदेखि प्रशासनले भोली विहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।साभार : नेपाल प्रेस

`
12 comments
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

7 घन्टा पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

7 घन्टा पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

1 दिन पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

1 दिन पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

2 दिन पहिले