Janakpurdham
Tue, Mar 24, 2026
`

बरहथवा गोलीकाण्ड : साहको शव सडकमै, आफन्तले गराए बजार र यातायात बन्द

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,पुष २२ गते ।  सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहका परिवार तथा आफन्त बजार र यातायात बन्द गराएका छन् ।मृतक साहका आफन्त र स्थानीय सडकमा टायर बालेर बजार र यातायात बन्द गराएका हुन् । उनीहरू बिहानैदेखि प्रहरी प्रशासन र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने/नगर्ने विषयमा विवाद चर्केपछि ५ दलले आह्वान गरेको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर सर्लाही होटलका सञ्चालक साहको मृत्यु भयो ।मृतक साहको शव अझै घटनास्थलमै छ । पीडित परिवारले साहलाई सहिद घोषणा, गोली चलाउने र मेयरलाई कारबाही गर्नुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० बेडमा स्तरोन्नति गर्नु पर्नेसहितका ८ बुँदे माग राखेका छन् ।शनिवार साँझ इलाका प्रहरी कार्यालय बरहथवामा मृतक परिवारलाई बोलाएर प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले सहमतिको प्रयास गरे । तर मागहरू सम्बोधन नगरेसम्म सहमति नगर्ने अडान पीडित परिवारले राखेपछि सहमति हुन सकेन ।मृतकका भान्जा विवेक साहले केहि माग तत्कालै पुरा गर्न नसक्ने प्रमुख जिल्ला अधिकारी धमलाले बताएपछि सहमति नभएको बताए । उनले भने, ‘आज १२ बजेसम्मको समय प्रमुख जिल्ला अधिकारीले दिनुभएको छ ‌। हेरौँ के हुन्छ ।’गृह मन्त्रालयले घटनाको छानबिन गर्न सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति गठन र मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ । तर पीडित परिवारले राखेको ८ बुँदे माग पुरा हुनुपर्ने अडान राखेको छ ।प्रहरीको गोलीले साहको मृत्यु भएपछि अवस्था अनियन्त्रित हुन नदिन शनिवार बिहान ८ बजेसम्म प्रशासनले कर्फ्यु लगाएको थियो । शनिवार बिहानदेखि आज बिहान ८ बजेसम्मका लागि जारी गरेको निषेधाज्ञा पनि सकेपछि पीडित परिवार आन्दोलित बनेका छन् ।साभार : नेपाल प्रेस

`
12 comments
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

6 घन्टा पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

6 घन्टा पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

1 दिन पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

1 दिन पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

2 दिन पहिले