धनुषाधाममा मक्कर मेला शुरु
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाममाघ २ गते । मक्कर सङ्क्रान्तिको अवसरमा धनुषाको प्रसिद्ध धार्मिक महत्वको धनुषाधाममा मक्कर मेला सुरु भएको छ । बिहानैदेखि भक्तजनहरू धनुषा मन्दिरमा पुगेर फूल, जल सहितका पूजाका सामग्रीहरु अर्पण गर्दै पूजा गरिरहेका छन् । एक महिनासम्म लाग्ने मक्कर मेला माघ १ गते जुनसुकै बार परे पनि लाग्ने भएपनि अरू दिनको हकमा प्रत्येक हप्ताको आइतबार तथा मङ्गलवारका दिन मेला लाग्ने गर्दछ । जनकपुरधाम करिब २२ किलोमिटरको उत्तर पूर्वको कुनामा रहेको धनुषाधाममा मेला भर्नका लागि नेपाल भारतबाट ठूलो सङ्ख्यामा भक्तजनहरू आउने गर्दछन् ।
त्रेता युगमा तत्कालीन मिथिलाका राजा, राजर्षि जनकको प्रतिज्ञा पुरा गर्नका लागि अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र भगवान् श्रीरामले भगवान् शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउँदा तीन टुक्रा भएको र त्यस मध्ये एक टुक्रा धनुषाधाममा खसेको मान्यता रहेको छ । धनुष आकारको देखिएको सो अलौकिक धातुको दर्शन गर्नका लागि वर्षभरि नै भक्तजनहरू धनुषाधामा पुग्ने गर्दछन् ।
साभार : रेडियो नेपाल
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
5 घन्टा पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
5 घन्टा पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
1 दिन पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
1 दिन पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
2 दिन पहिले