Janakpurdham
Tue, Mar 24, 2026
`

राम मन्दिरको प्राण प्रतिष्ठामा नेपालका ३ पालिकामा सार्वजनिक बिदा

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,माघ ७ गते । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका दिन सप्तरीको राजविराज नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।कार्यवाहक नगरप्रमुख इसरत परविनले सूचना निकालेर प्राण प्रतिष्ठाको दिन सोमबार राजविराज नगरपालिका मातहतको सबै निकायमा बिदा रहेको जनाएकी छन्।

रामको प्राण प्रतिष्ठा हुने दिन सनातनी हिन्दु धर्मावलम्बीका लागि विशेष दिन भएकाले पालिका भित्रको घरघर तथा मठमन्दिरमा दीप प्रज्वलन गर्न समेत उनले आग्रह गरेकी छन्। त्यस दिन नगरपालिकाभित्र माछा, मासु, मदिरा विक्रीवितरण बन्द गर्न समेत सूचनामार्फत अपिल गरिएको छ।जनकपुरधाम उपमहानगरपालिकाले पनि अयोध्यामा राम मन्दिरको उद्घाटन एवं प्राण प्रतिष्ठाका दिन उपमहानगरपालिका क्षेत्रभित्र माछा, मासु, मदिरा पसल बन्द गर्न आग्रह गरेको छ।उपमहानगरले आइतबार सूचना जारी गर्दै सनातनी हिन्दु धर्मावलम्बी तथा जगत जननी माता जानकीको जन्भूमि मिथिलावासीहरूका लागि अत्यन्तै हर्ष एवं आनन्दको क्षण भएको उल्लेख गरेको छ।

‘प्राण प्रतिष्ठाको दिन विश्वस्तरमा गरिने कार्यक्रमहरुको साथै जनकपुरधाम नगरवासी पनि उक्त दिन घर घरमा दिपोत्सव गर्नुको साथै घर नजिकै रहेको मठ मन्दिर, चौक चौराहा लगायत जानकी मन्दिर, राम मन्दिरमा समेत उपस्थित भई दिपोत्सव गर्न आह्वान गरिन्छ’, मेयर मनोज साहले जारी गरेको सूचनामा भनिएको छ।यस्तै प्राण प्रतिष्ठामा सप्तरीको राजविराज नगरपालिकाले सार्वजनिक बिदा घोषणा गरेको छ ।कार्यबाहक नगरप्रमुख इसरत परविनले एक सूचना जारी गर्दै रामको प्राण प्रतिष्ठाको दिन मातहतको सबै निकायमा बिदा रहेको जनाएका छन् । सो दिन नगरपालिकाभित्र माछा, मासु, मदिरा बिक्री वितरण बन्द हुने सूचनामा उल्लेख छ ।साभार : विकास टाइम्स

`
12 comments
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

4 घन्टा पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

4 घन्टा पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

1 दिन पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

1 दिन पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

2 दिन पहिले