राम मन्दिरमा प्राण प्रतिष्ठाको अवसरमा जटहीमा हनुमान अराधना
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,माघ ९ गते । नेपाल भारत खुला सीमा संबाद समुह र सिमावर्ती नागरिक समाजको संयुक्त आयोजनामा राम जन्मभुमि अयोध्यामा नव निर्मित राम मन्दिरमा हुन गइरहेको भगवान रामको प्रतिमामा प्राण प्रतिष्ठाको अवसरमा धनुषा जिल्लाको दक्षिणी सिमाना र भारतको मधुवनी जिल्लाको उत्तरी सिमाना जटही पिप्रौन सिमा नाकामा अवस्थित महादेव मन्दिरको परिसरमा भजन किर्तन एवं सिमानाकामा दिप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरि खुशियाली मनाइएको छ।सो कार्यक्रमलाई भव्यता एवं दिब्यताको लागि स्थानीय किर्तन मन्डली लगायत संस्थाको पदाधिकारी एबं दुबै तर्फका आम नागरिक समेतको उपस्थितिमा हनुमान अराधनाको आयोजना गरिएको थियो ।
साथै रामनाम किर्तनको प्रसाद बितरण गरिएको थियो । संस्थाद्वारा साधु एबं आमजनहरुको लागी भंडाराको समेत आयोजना गरीएको थियो। उक्त कार्यक्रममा नेपाल भारत खुला सिमा संबाद समुहको तर्फबाट केन्द्रिय सदस्य रिकेश चौधरी पुरन गुप्ता,कृष्णा साह,नवल झा,प्रमोद कुमार साह,रन्जीत झा तथा सिमाबर्ती नागरिक समाजको तर्फबाट मुरली मनोहर मिश्र,अमरेन्द्र झा,धिरेन्द्र झा , प्रदिप चौधरी लगायतको सक्रिय सहभागीता रहेको थियो ।सोमबार बेलुका दिप प्रज्जवलन गरि कार्यक्रम समापन गरिएको थियो।
.jpg)
.jpg)

.jpg)
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
4 घन्टा पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
4 घन्टा पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
1 दिन पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
1 दिन पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
2 दिन पहिले