Janakpurdham
Tue, Mar 24, 2026
`

जनकपुरधाममा ‘सभामुख क्रिकेट कप’ शुरु

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,माघ १३ गते ।  मधेश प्रदेशसभाको छैटौँ स्थापना दिवसको अवसरमा जनकपुरधाममा आजदेखि ‘सभामुख क्रिकेट कप’ शुरु भएको छ ।क्रिकेट प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले मधेश प्रदेशमा क्रिकेटको प्रचुर सम्भावना रहेकाले जति सक्दो चाँडो रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण शुरु गर्न सुझाव दिनुभयो । खेलले अनुशासित नागरिक उत्पादन गर्नुका साथै युवाहरूलाई कुलतबाट जोगाउनमा मद्दत पुग्ने बताउनुहुँदै उहाँले रामजानकी बहुउद्देश्यीय रंगशालाको अविलम्ब निर्माण शुरु गर्नका लागि प्रदेश सरकारलाई सुझाव दिनुभयो ।

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाको स्थापना दिवसको अवसर पारेर क्रिकेट प्रतियोगिताको आयोजना गरेको जानकारी दिनुहुँदै मुलुकमा अनुशासित नागरिक तयार पार्न तथा विधिको शासन स्थापित गर्नका लागि खेलकुदको विकास आवश्यक रहेको बताउनुभयो ।उहाँले रंगशालाको निर्माणका लागि भारत सरकारले प्रदान गर्ने १ अर्ब रकमका अतिरिक्त मधेश प्रदेश सरकारले पनि सोही मात्रामा लगानी गर्नका आग्रह गर्नुभयो ।

मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न आवश्यक रहेकाले भन्नुहुँदै प्रदेश सरकारले फागुन भित्रमा रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालाको टेण्डर गर्न लागेको जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारको गौरवको योजनाको रुपमा रामजानकी रंगशाला भएको उल्लेख गर्नुहुँदै रंगशाला निर्माणको लागि १ सय करोडको टेण्डर गरिने बताउनुभयो । उहाँले रंगशाला अन्तर्राष्ट्रिय स्तरको बनेपछि प्रदेशमा खेलकुदको थप विकास हुने बताउनुभयो ।

कार्यक्रममा जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष एवं क्रिकेट खेलाडी शोभाकान्त पाण्डेले एक दिवसीय फरमेटमा खेलाउन लागेको क्रिकेट प्रतियोगिताबाट मधेश प्रदेशमा क्रिकेटको विकासमा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।जनकपुरधामको वडा नंं १४ रजौलमा निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रङ्गशालामा शुरु भएको क्रिकेट प्रतियोगितामा मधेश प्रदेशका ८ जिल्लाका टिमहरूको सहभागिता रहेको छ ।

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता कुमारी साहसहितका अतिथिहरूले खेलका अम्पायर आशिष झालाई बल हस्तान्तरण गर्नुभएपछि प्रतियोगिता शुरु भएको छ । उद्घाटन खेल महोत्तरी तथा सर्लाही जिल्लाका क्रिकेट टिमबीच भइरहेको छ । ५० ओभरको खेल रहे पनि आज ढिलो भएकाले ३५ ओभरको खेल हुने जिल्ला क्रिकेट संघका पदाधिकारी सरोज कुमार मिश्रले जानकारी दिनुभयो ।

साभार : रेडियो नेपाल

`
12 comments
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

3 घन्टा पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

3 घन्टा पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

1 दिन पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

1 दिन पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

2 दिन पहिले