Janakpurdham
Tue, Mar 24, 2026
`

सभामुख क्रिकेट कपमा सिरहाको रोमाञ्चक जित

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,माघ १४ गते । जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० मा सिरहाले रोमाञ्चक जित हात पारेको छ । रामजानकी बहुउद्देश्य अन्तर्राष्ट्रि रंगशालामा आइतबार चार रनले पर्सालाई पराजित गर्दै सिरहा विजयी भएको हो । मधेश प्रदेशसभाले छैठौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कपको दोस्रो दिन सिरहा क्रिकेट टिम टस जितेर पहिला ब्याटिङ रोजेका थिए । सिरहाका खेलाडीहरु ३८ ओभर चार बलमा सबै विकेट गुमाएर एक सय ४२ रनको लक्ष्य पर्सा समक्ष प्रस्तुत गरेका थिए । सिरहाको सुरुवाती ब्याटिङ मजबुत देखिएका थिए । ओपनिङ ब्याटिङ गरेका शैलेन्द्र साह र दिपेश दासले ६९ रनको साझेदारी गरेका थिए । दासले ५६ बलमा ४१ र साहले ५१ ब्लमा ३७ रनको योगदान दिए । त्यसतै, सिरहाकै लागि कृष्ण साहले ३८ बलमा २२ र रिसब कार्कीले दश रन बनाए । पर्साको लागि बलिङ गरेका अनुज चौहानले सात ओभरमा एक मेडनसहित मात्र २२ रन खर्चेर पाँच विकेट लिएका थिए । पर्साकै अकुब अन्सारीले तीन, सोनु शर्मा र समसाद मन्सुरीले एक÷एक विकेट लिए । जवाफी ब्याटिङका लागि आएका पर्सा टिम ३७ ओभरमा सबै विकेट गुमाएर मात्र एक सय ३७ रन बनाउन सके । पर्साका हासिम अन्सारीले ३० बलमा २२ रन, अकुब अन्सारीले ६६ बलमा २६ रन, अनुज चौहानले ४१ बलमा २८ रन बनाए । सिरहाका लागि बलिङ गरेका पृथ्वी यादवले आठ ओभरमा एक मेडनसहित २० रन खर्चेर तीन विकेट लिए । अफरुदिन राइन, आशुतोष पटेल र तारपेश्वर मुखियाले समान दुई÷दुई विकेट लिए । यस खेलको म्यान अफ दी म्याच सिरहाका दिपेश दास घोषित भएका थिए । सोमबारको बारा र रौतहटबीच प्रतिस्पर्धा हुने खेल तालिका छ ।
 
 
 
 
 

`
12 comments
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

3 घन्टा पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

3 घन्टा पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

1 दिन पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

1 दिन पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

2 दिन पहिले