Janakpurdham
Mon, Mar 23, 2026
`

हक्की संघका प्रदेश अध्यक्षमा कमलेश मण्डल

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम माघ २२ गते । नेपाल आइस हक्की संघका मधेश प्रदेश अध्यक्षमा पिपुल प्रमोट सेन्टरका अध्यक्ष कमलेश मण्डल निर्वाचित हुनुभएको छ । सोमबार नेपाल आइस हक्की संघ मधेश प्रदेशको साधारण सभा तथा निर्वाचन समारोहका बीच उहाँ अध्यक्षमा चयन हुनु भएको छ । मधेश प्रदेशका ८ ओटै जिल्लाबाट सहभागी उक्त साधारण सभामा नेपाल आइस हक्की खेलको बारेमा गहन छलफल तथा विचार विमर्श सहित पहिलो सत्र सकेको थियो भने दोस्रो सत्रमा निर्वाचन संयोजक विजय खड्काको सक्रिय सहभागितामा विस्तृत छलफल गरी सहमति मै ११ सदस्यीय प्रदेश स्तरीय नेपाल आइस हक्की संघको गठन भएको छ ।

गठित नयाँ कार्य समितिमा कमलेश कुमार मण्डल अध्यक्ष धनुषा, उतिमलाल प्रसाद बरै (चौरसीया) उपाध्यक्ष बारा, नेमवर राई सचिव सिरहा, विष्णु कुमार यादव कोषाध्यक्ष महोत्तरी, नरेश प्रसाद गुप्ता सदस्य पर्सा, धरमेन्द्र पासमान सदस्य रौतहट, आशा मण्डल सदस्य धनुषा, जुली चौरसिया सदस्य महोत्तरी, सोनु मण्डल सदस्य धनुषा, जयवीर साह सदस्य धनुषा चयन भएका छन् ।

संघका सल्लाकारमा रहमत राइन र निशा मोक्तान रहनु भएको छ । संघका केन्द्रिय उपाध्यक्ष तथा निर्वाचन समिति संयोजक विजय खड्काको अध्यक्षता तथा बागमती प्रदेश सभामुख एवं केन्द्रिय अध्यक्ष भुवन कुमार पाठकको प्रमुख अतिथ्यमा सम्पन्न सो साधारण सभामा मधेश प्रदेश खेलकूद तथा समाज कल्याण मन्त्रालयका प्रमुख निशा कर्ण र जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डलको समेत उपस्थिति रहेको थियो ।

`
12 comments
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

1 घन्टा पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

1 घन्टा पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

1 दिन पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

1 दिन पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

2 दिन पहिले