Janakpurdham
Mon, Mar 23, 2026
`

मुरारका र साहबीच सहमति

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,माघ २४ गते । जनकपुरधामका व्यवसायी सोहनलाल मुरारका र श्यामकिशोर साहबीचको विवाद समाधान भएको छ । नेपाल ट्रेड सेन्टरका संचालक मुरारका र सुगम निर्माण सेवाका संचालक साहबीच कारोबारका विषयमा विवाद भएको खबर मिडियामा आएको थियो । साहले मुरारकाले व्यवसायीलाई दुःख दिएको बताउँदै मिडियाबाजी गरेका थिए ।

भदौमा भएको दुई पक्षबीचको विवाद मिडिया सम्म पुगेको थियो । साहले आफुले साथीहरुको लहलहैमा लागेर मुरारकाबारे बोलेको र लेख्ने लगाइएकोमा दुःखी भएको बताउँदै आफुहरुबीच मित्रवत् व्यवहार कायम रहेको बताए । मुरारकाले पनि वर्षौं पुरानो व्यवसयिक सम्बन्ध कायम रहेको र कुनै वादविवाद नभएको बताए ।

‘विगत पनि सुमधुर थियो, आगत पनि सुमधर छ र भविष्य पनि विवादरहित नै हुनेछ,’ उनले भने व्यवसायिक घरानाको सम्बन्ध बिग्रन दिनु हुन्न र बिगार्नेहरुबाट पनि सचेत रहनु पर्छ । बिगत केही दिन पहिला सुगम निर्माण सेवाका सञ्चालक श्याम साहले मुरारका हिसाब नै नगरी तमसुकमा हस्ताक्षर गर्न लगएको झुठो र निराधार आरोप लगाएको थियो । उनले २०७२ सालदेखि मुरारकासंग कारोबार गर्दै आएका छन ।

`
12 comments
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

1 घन्टा पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

1 घन्टा पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

1 दिन पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

1 दिन पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

2 दिन पहिले