माता सरस्वतीको भव्यताका साथ पूजा सम्पन्न ,श्रीराम माविद्वारा विपन्न वर्गका लागि फ्रि छात्रवृतिको व्यवस्था
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, फागुन २ गते ।विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा-अराधना जनकपुरधाम सहित देशभरि धूमधामले मनाइदैछ।
बुधवार श्रीपञ्चमीको दिन जनकपुरधामका संस्थागत तथा सामुदायिक विद्यालय तथा क्याम्पसहरुमा विधि विधानका साथ सरस्वती माताको पूजा-अर्चना गरिएको छ।
विगत दुई दशक देखि शिक्षा क्षेत्रमा स्थापित रहेका श्रीराम माध्यमिक विद्यालयले मूर्ति स्थापना गरि भब्य्ताका साथ विभिन्न कार्यक्रम गरि माता सरस्वतीको पूजा-अर्चना गरेका छन् ।
यस सु-अवसरमा श्रीराम माविका व्यवस्थापक तथा सञ्चालक डा. संतोष कुमार कर्णले अशक्त तथा विपन्न वर्ग भएका विद्यार्थीहरुका लागि आजको दिन फ्रि छात्रवृतिको ब्यवस्था रहेको बताए ।
उनले सरस्वती पूजाको अवसरमा आजको दिन फ्रि नामाकंन तथा विशेष सुविधा दिइएको जनाए ।
उनले विद्यार्थीहरुको लागि पहिलो घर विद्यालय भएकोले अभिभावकले सम्पूर्ण जिम्मेवारी विद्यालयको कांधमा नछोडी बालबालिकाहरुलाई सहि दिशानिर्देश गर्न मिलेर अगाडि बढ्न आग्रह गरे ।
त्यस्तै मधेश प्रदेश जनकपुरधामका चर्चित कलेज रामस्वरुप रामसागर बहुमुखि क्याम्पसमा माता सरस्वतीको पूजाआजा विभिन्न सांस्कृतिक कार्यक्रम गरि मनाएका छन् ।
माता सरस्वतीको पूजा तथा सांस्कृतिक कार्यक्रमको आनन्द उठाउनका लागि दर्शनार्थिहरुको अपाड भिड देखियो ।
राराब स्वतन्त्र विद्यार्थी युनियन जनकपुरधामका अध्यक्ष मनिस कुमार यादवको नेतृत्वमा सम्पूर्ण तयारी ब्यवस्था मिलाइएको थियो ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्वमा साना बालबालिकालाई आजकै दिनदेखि अक्षराम्भ गराउने चलन रहेको छ ।
माता सरस्वती विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी विद्यार्थी साहित्यकार , कलाकार, पत्रकार, शिक्षक आ-आफ्ना कला साधनाका बस्तु कलम-कापी किताव बाद्ययन्त्र आदिलाई सरस्वतीको रुपमा आराधना गर्छन ।
यो दिनलाई बसंत पंचमी पनि भनिन्छ । माता सरस्वतीको पहिलो हातमा वीण, दोस्रोमा पुस्तक , तेस्रोमा माला र चौथो हातमा अभय मुद्रा हुन्छन् ।
माता सरस्वतीको पूजा पहेलो रंगको वस्त्र लगाएर गरेमा अत्यन्त शुभ फलदायी मान्ने गरिन्छ । यो दिन माता सरस्वतीको मंत्रको जाप गर्नु तथा सरस्वतीको वंदना गर्नु धेरै राम्रो मानिन्छ भन्ने चलन छ ।
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
27 मिनट पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
29 मिनट पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
1 दिन पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
1 दिन पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
2 दिन पहिले