Janakpurdham
Fri, Feb 27, 2026
`

झण्डै १५ लाखसहित पक्राउ परेका भारतीय नागरिक पिसाब फेर्ने बहानामा भन्सार कार्यालयबाटै फरार

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,जेठ ७ गते । हुण्डी कारोबारको आरोपमा पक्राउ परेका एक भारतीय नागरिक पिसाब फेर्ने बहानामा गौर भन्सार कार्यालयबाटै फरार भएका छन् ।फरार हुनेमा भारतीय नागरिक ३१ वर्षीय गजेन्द्र राय छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट सरमुजवाले बौधिमाई नगरपालिका ७ बंकुलस्थित भन्सार गेटबाट मोटरसाइकलसहित पक्राउ गरेको थियो ।सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि रायलाई बिहिबार गौरस्थित भन्सार कार्यालय लगेको बेला भागेका हुन् । ‘रायले पिसाब फेर्ने बहाना बनाएर शौचालयतिर गए, सोही क्रममा भागे’, सशस्त्र प्रहरी स्रोतले भन्यो । 

राय फरार हुनुमा सशस्त्र प्रहरीको चरम लापरवाही देखिएको छ । लापरवाही ढाकछोप गर्न सशस्त्र प्रहरीले घटना बाहिर ल्याउन चाहेका छैनन् ‌। उनलाई पुनः समात्न सीमा नाकामा कडाई गरिएको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी एसपी दिलीप घिमिरेले घटनाबारे थाहा नभएको बताएका छन् ।

साभार : नेपाल प्रेस

`
12 comments
फागुन १८ देखि २१ गतेसम्म कञ्चनपुर–भारत सीमा नाका बन्द हु..

कञ्चनपुर,फाल्गुन १२ गते । फागुन १८ राति देखि २१ गते राति १२ बजे सम्म   नेपाल भारत सीमा जोडिएको कञ्चनपुर जिल्ल..

2 दिन पहिले

मिथिला माध्यमिकी परिक्रमाः कञ्चनवन पुगेर होली खेलियो

धनुषा,फाल्गुन १२ गते । मिथिलाको महाकुम्भ मिथिला माध्यमिक परिक्रमाअन्तर्गत सोमबार श्रद्धालु महोत्तरीको कञ्चनव..

2 दिन पहिले

काठमाडौं ५ लाई ‘मेडिकल हब’का रुपमा विकास गर्ने पौडेलको प..

काठमाडौं, फागुन ११ : नेपाली कांग्रेसका काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेलले सहज, सुलभ, गुणस्तरी..

3 दिन पहिले

एक दर्जन युवाहरु कांग्रेस प्रवेश

स्याङ्जा, फागुन ११ : स्याङ्जामा विभिन्न राजनैतिक दलसँग आबद्ध युवाहरु नेपाली कांग्रेस पार्टी प्रबेश गरेका छन्। ..

3 दिन पहिले

पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक करिब १..

काठमाडौं, फागुन १० : उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री अनिल कुमार सिन्हाले पेट्रोलमा १० प्रतिशत मात्र इथानोल ..

4 दिन पहिले