Janakpurdham
Thu, Feb 26, 2026
`

आज पनि तिहारको बिदा, सरकारी कार्यालय मंगलबार मात्रै खुल्ने

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, कात्तिक १९ : प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएको छ। तिहारको मुख्य दिन हिजो दाजुभाइले दिदीबहिनीबाट टीका लगाएसँगै तिहार सकिएको हो।

आइतबार नै तिहार (यमपञ्चक) समापन भए पनि आज सरकारी कार्यालय खुल्ने छैनन् । सरकारले आज पनि तिहारकै बिदा दिएको छ।

अघिल्लो वर्ष माघ २९ गते प्रकाशित राजपत्रमा कात्तिक १५ देखि १९ गतेसम्म अर्थात् तिहार बिदा उल्लेख छ।

१५ गते लक्ष्मीपूजा, १७ गते गोवर्धनपूजा र नेपाल संवत् (म्हपूजा) तथा १८ गते भाइटीका (किजापूजा) को बिदा छ, तर १६ र १९ गतेको बिदाको विवरण भने दिइएको छैन । देशभरका कार्यालय भने मंगलबार मात्रै खुल्नेछन्।

२०७७ सालको तिहारमा तिथिको घटबढका कारण भाइटीका कहिले लगाउने भन्ने विवाद भएको थियो। पञ्चांग निर्णायक समितिले निकालेको पात्रोमा मंसिर १ गते भाइटीका उल्लेख थियो।

नेवार समुदायले मंसिर २ गते किजापूजा गरेको थियो। त्यसैले सरकारले तिहारको विदा एक दिन थप गरेको थियो। त्यसयता तिथि घटबढ नहुँदा अर्थात् भाइटीकामा विवाद नभए पनि सरकारले तिहारको बिदा एक दिन बढी दिने गरेको छ।

साभार : काठमाडौं प्रेस

`
12 comments
फागुन १८ देखि २१ गतेसम्म कञ्चनपुर–भारत सीमा नाका बन्द हु..

कञ्चनपुर,फाल्गुन १२ गते । फागुन १८ राति देखि २१ गते राति १२ बजे सम्म   नेपाल भारत सीमा जोडिएको कञ्चनपुर जिल्ल..

2 दिन पहिले

मिथिला माध्यमिकी परिक्रमाः कञ्चनवन पुगेर होली खेलियो

धनुषा,फाल्गुन १२ गते । मिथिलाको महाकुम्भ मिथिला माध्यमिक परिक्रमाअन्तर्गत सोमबार श्रद्धालु महोत्तरीको कञ्चनव..

2 दिन पहिले

काठमाडौं ५ लाई ‘मेडिकल हब’का रुपमा विकास गर्ने पौडेलको प..

काठमाडौं, फागुन ११ : नेपाली कांग्रेसका काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेलले सहज, सुलभ, गुणस्तरी..

3 दिन पहिले

एक दर्जन युवाहरु कांग्रेस प्रवेश

स्याङ्जा, फागुन ११ : स्याङ्जामा विभिन्न राजनैतिक दलसँग आबद्ध युवाहरु नेपाली कांग्रेस पार्टी प्रबेश गरेका छन्। ..

3 दिन पहिले

पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक करिब १..

काठमाडौं, फागुन १० : उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री अनिल कुमार सिन्हाले पेट्रोलमा १० प्रतिशत मात्र इथानोल ..

4 दिन पहिले